कमल र कृष्णाको गाई लाई चराउँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ माघ

गायक कमल भुषाल र गायिका कृष्णा परियारले नयाँ गीत गाई लाई चराउँदै …बजारमा ल्याएका छन् । यो निकै प्रचलित पुरानो ठाडोभाका हो । लोप हुन लागेको यो भाकालाई रेकर्ड गरेर भिडियोमा ल्याईएको छ ।

उनीहरुले आफ्नो यो गीतको भिडियो सन्देश नेपाल टिभी च्यानलबाट रिलिज गरेका छन् । गीत निकै मार्मिक बनेको छ ।

गोठाला जाने क्रममा गाई चराउँदै एउटी युवतीले प्रेम भाव व्यक्त गरेको यो गीतको शब्द र सँगीत कमल भुसाल ‘चञ्चल’को हो । सन्देश क्रियसनले उत्पादन गरेको यो गीतको भिडियोमा कमल भुसाल सहित सरु विष्ट, श्याम भण्डारी, चित्रमायाँ श्रेष्ठ (चिरिष्टिना), रुपा भुसाल, बिक्रम सेन, भेषराज खनाल, बलराम भुसाल, चेतबहादुर सेन सहितको अभिनय छ ।

यो गीतको भिडियोलाई शिव पोखरेलले निर्देशन गरेका हुन् । जसमा गोठाला जीवनको मायाँप्रेम दर्शाईएको छ । गीतको छायाँकन महेन्द्र महराले गरेका हुन् । जसमा गिरीराज भुसालको सम्पादन रहेको छ । यो भिडियोलाई सन्देश क्रियसनले निर्माण गरेको हो ।

https://www.youtube.com/watch?v=nfCkWsZj3sY&feature=youtu.be&fbclid=IwAR0clEeL1D9qy0o1xjs8pxRcoSy3p_ZmFFmoDAuCjLZB-OR2i3-B9X4-FJk