ताराको लुकी लुकीमा नाजिर र एलिसाको रोमान्स


ब्युटी न्युज नेपाल
ललितपुर, २९ पुष

गीतकार तारा अधिकारीको पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ नयाँ गीत आएका छन् । यसै क्रममा उनको अर्को गीत लुकी लुकी…बजारमा आएको छ । उनले यो गीतको भिडियो सार्वजनिक गरेकी छिन् ।

ताराको लुकी लुकी…लाई प्रमोद खरेलले गाएका हुन् । यो गीतमा रमेश कडरियाको संगीत छ । उदयराज पौडेलले यसको संगीत संयोजना गरेका हुन् । गीत निकै मिठो बनेको छ ।

यो गीतको भिडियोमा नाजिर हुसेन र एलिसा राइको अभिनय रहेको छ । उनीहरुले भिडियोमा नृत्य पनि आकर्षक गरेका छन् । भिडियोको निर्देशन शान थापाको छ ।

राजिव समरको कोरियोग्राफी रहेको गीतलाई शिलन लम्सालले सम्पादन गरेका छन् । भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । भिडियोलाई सुनौलो तारा युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।