मेलिनाको चमेली…मा पुजनको चञ्चलेपन


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ पुष

गायिका मेलिना राईको स्वरमा नयाँ गीत ‘चमेली…’ को भिडियो बजारमा आएको छ । यो गीत लोकपप शैलीमा तयार पारिएको छ । गीतमा शब्द तथा संगीत राजकुमार श्रेष्ठ र एरेन्ज पुष्कर सुनवारको रहेको छ ।

गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो । भिडियोमा पुजन घिमिरे र बरुणले अभिनय गरेका छन् । भिडियोमा मोडल पुजन घिमिरेलाई नेपाली चोली र फरियामा आकर्षक श्रृगार सहित उतारिएको छ । उनको चञ्चलेपनि भिडियोमा पोखिएको छ ।

सुजन श्रेष्ठको छायाँकन रहेको गीतको भिडियो अर्जुन पोखरेलले सम्पादन गरेका हुन् । गीतमा एउटा गाउँकी केटीको चञ्चले पनको बर्णन गरेका छन् । गीतको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशक गरेका हुन् ।