भजन गायक कृष्णको गीतमा रमेश र सुजनाको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ पुष

भजन गायनमा आफ्नो परिचय बनाएका संगीतकार तथा गायक कृष्ण भण्डारीको दर्शकमाझ आफ्नो नयाँ गीत ल्याएका छन् । उनले नयाँ गीत मलाई हैन तिमीलाई सुखी… को भिडियो ल्याएका छन् । यो गीतलाई पुष्प अन्जान र पृथिबी पुत्रले सँयुक्त लेखेका हुन् । गायक कृष्ण भण्डारीले नै यो गीतको संगीत तयार गरेका हुन् ।

यो गीतको भिडियो बिहिबार युट्युव च्यालन बुढा सुब्बा डिजिटल मार्फत रिलिज गरेका हुन् । माया प्रेम तथा धोकाको संयोजनमा तयार पारिएको म्युजिक बियोगान्त भावको यो गीतको भिडियोमा मोडल सुजना बर्देवा, रमेश लुईटेल र सुनिल श्रेष्ठले मोडलिङ गरेका छन् ।

यो भिडियोको कोरियोग्राफी अन्जिता कंडेलले गरेकी हुन् । भिडियोलाई आवेश बज्राचार्यले छायांकन गरेका हुन । भिडियोको निर्देशक प्रहिल कार्की हुन् ।