सेल्फी किङको ट्रेलरमा स्टारडम पतन कथा


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ पुष

चलचित्र ‘सेल्फी किङ’ को अफिसियल ट्रेलर रिलिज भएको छ । मँगलबार काठमाडौंमा एक समारोहबीच यो चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।

टेलिभिजनमा सेल्फी किङ चरित्रको रुपमा चर्चा कमाएको एक हास्यकलाकारको जीवनको तीन दिनको आरोह अबरोहको कथा यो फिल्ममा रहेको ट्रेलरले जनाएको छ ।

कथा उतारिएको फिल्ममा अभिनेता विपिन ‘सेल्फी किङ’ को उपनामले परिचित हास्यकलाकारको भूमिकामा छन् । स्टारडमको पतनको कथा यो चलचित्रमा रहेको ट्रेलरले दर्शाएको छ । ओखलढुङ्गामा आफ्नो प्रस्तुती दिन जाने क्रममा ‘सेल्फी किङ’ उर्फ विपिन कार्कीको जीवनमा आउने उतार चढाव नै चलचित्रको मुख्य कथाबस्तु रहेको यसका निर्देशक विशाल सापकोटाले बताएका छन् ।

यो चलचित्रलाई सुवास थापा र दिनेश राउतले निर्माण गरेका हुन् । जसमा विपिनसँगै लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, सविन बास्तोलासहितको मुख्य भूमिका छ । यो चलचित्र आगामी २४ माघमा रिलिज हुँदैछ । चलचित्रको कथा पनि निर्देशन विशालकै हो । यसअघि दिनेशको निर्देशनमा सुवास थापाले सफल चलचित्र ‘प्रसाद’ निर्माण गरेका थिए । यसका सह निर्मातामा प्रवल कोइराला र राजेश बिसुराल फिल्मका सह निर्माता हुन् । सुशन प्रजापतिको छायांकन र जीवन थापाको सम्पादन रहेको फिल्ममा निर्मल कुमार लामाको कोरियोग्राफी छ ।