जुनु र माण्डबीलाई पुत्र लाभ


व्युटी न्युज नेपाल
काठमाडौं, २६ मँसिर

दुई गायिका तथा दुई गायकलाई पुत्र लाभ भएको छ । सँगीतकार एवम् गायक रामचन्द्र काफ्ले र उनकी पत्नी तथा गायिका जुुनु रिजाल काफ्ललाई बिहिबार पुत्रलाभ भएको हो ।

पुत्रलाभ पछि गायिका जुनु र उनको नयाँ सन्तानको स्वास्थ्य ठिक रहेको परिवारले जनाएका छन् । रामचन्द्र र जुनुको यो दोश्रो सन्तान हो । यस अघि यी दुईको एक छोरी छिन् ।

यस्तै गायक तथा सँगीतकार विपिन आचार्य र गायिका माण्डबी त्रिपाठीलाई पनि पुत्रलाभ भएको छ । माण्डपीले बुधबार छोरा जन्माएकी हुन् । उनको यो दोश्रो सन्तान हो । यस अघि पनि विपिन र माण्डबीको एउटा छोरा छन् । दोश्रो सन्तान र मण्डबीको स्वास्थ्य अबस्था राम्रो रहेको विपिनले बताएका छन् ।

व्युटी न्युज नेपालका तर्फबाट यी दुबै गायक गायिकाका दम्पत्तिलाई पुत्रलाभका लागि हार्दिक बधाई ।