भिडियोमा विजयको ओ नारान…


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ मँसिर

नृत्य प्रधान गीत ‘ओ नारान…’ को भिडियो काठमाडौंमा आयोजित एक समारोहका बीच प्रिमियर गरिएको छ । लोक–आधुनिक शैलीको यो गीतको भिडियो दरबारमार्गस्थित किङ्स लाउञ्जमा आयोजित एक विशेष समारोहमा प्रिमियर गरिएको हो ।

गीतमा गायक विजय थापाको स्वर सुन्न सकिन्छ । गीतकार डिपि खनालको शब्दहरुको यो गीतलाई राजेन्द्र बजगाईंले संगीतबद्ध गरेका हुन् । संगीतकार बजगाईंले नै उक्त गीतलाई संगीत संयोजन गरेका हुन् । डास म्युजिकको प्रस्तुतीमा तयार पारिएको हो ।

नगरकोटका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन् । गीतमा बिककै कोरियोग्रँफी समेत छ । रामेश्वर कार्कीद्वारा छायांकन गरिएको उक्त गीतमा रञ्जन अर्याल तथा अष्मिता जुरेलीले अभिनय गरेका छन् । विकास ज्ञवालीले उक्त भिडियोलाई सम्पादन गरेका हुन् । यो भिडियो डास म्युजिककै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

https://youtu.be/dxfvvCOjFpA