७ दर्जन सिनेमा हलमा माछा माछा


रिलिज चलचित्र
ब्युटी न्युज नेपाल
काठमाडौं, २० मँसिर

चलचित्र ‘माछा माछा’ शुक्रबारबाट मुलुकका सिनेमा हलमा रिलिज भएको छ । यो फिल्मका निर्माता रामबाबु गुरुङका अनुसार माछा माछा मुलकुका ७ दर्जन भन्दाबढी सिनेमा हलबाट एकसाथ प्रदर्शनमा आएको छ ।

अभिनेता दयाहाङ राई र निर्देशक रामबाबु गुरुङले निर्माण गरेका हुन् । सिनेमामा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, नम्रता श्रेष्ठ, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।

यो चलचित्रमा काठमाडौंमा सँघर्ष गरिरहेका तीन गाउँले युवाको कथा प्रस्तुत गरिएको छ । उनीहरुको संघर्षमा सिनेमा घुमेको छ । जीवन यापनका लागि उनीहरुले कसरी अपराध समेत गर्न पुग्छन भन्ने देखाईएको छ ।

सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा शिवराम श्रेष्ठको छायाँकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी छ । मणिराम पोखरेलको कार्यकारी निर्माण रहेको सिनेमामा ओम चन्द रौनियार र अर्जुन कार्कीको सह लगानी रहेछ ।

यो चलचित्रको बुधबारसाँझ काठमाडौंमा प्रिमियर शो गरियो । फिल्मका डेब्यु निर्देशक सुनिल गुरुङको निर्देशनलाई सिनेकर्मी तथा सञ्चारकर्मीले प्रिमियर शोमा प्रसँसा गरे ।

रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले आफुले सोचेको जस्तो सिनेमा हेर्न पाईएको बताउँदै दर्शकलाई यो फिल्म मन पर्ने जिकिर गरे । आफुले यो फिल्म कमेडी क्राईम जरनामा निर्माण गरेको र यसले दर्शकलाई पूण मनोरञ्जन दिने निर्देशक गुरुङले बताए ।