भिटेनको स्वरमा आयो सरौतोको शिर्षगीत


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ कात्तिक

पछिल्लो समय चर्चामा रहेका र्यापर भि टेन (समिर घिसिङ) को स्वरमा चलचित्र सरौंतोको शिर्ष गीतको भिडियो शुक्रबार बेलुका रिलिज गरिएको छ । भिटेनले १३ मंसिरमा रिलिज हुने लागेको चलचित्र ‘सरौतो’को प्रमोशनल गीत गाएका छन् ।

यो शिर्ष गीतमा भिटेनकै शब्द तथा संगीत पनि छ । फिल्म सार्वजनिक टिजर मनपरेपछि भिटेनले गीत तयार गरेका हुन् । यो गीतको भिडियोमा भिटेन आफै पनि देखिएका छन् । नेपाली चलचित्रका लागि आफुले पहिलोपटक तयार पारेको यो गीत भएको भिटेनले बताएका छन् ।

गीतलाई निर्माण पक्षले सार्वजनिक गरेको हो । रुथलेस बिट्जको संगीत र मिक्सिङ्ग रहेको गीतले दर्शकको मन जित्ने विश्वास निर्माण पक्षको छ । गीतलाई ’सरौतो’ टाइटलमै रिलिज गरिएको हो ।

गीतमा मार्फत भिटेनले अन्याय सहन नहुने भाव व्यक्त गरेका छन् । गीतमा भिटेनको साथमा सरौतोकी मुख्य अभिनेत्री सुमी मोक्तान पनि प्रस्तुत भएकी छिन् । गीतलाई तिहारको छेकोमा छायाँकन गरिएको हो । गीतमा भिटेन केहि फरक अन्दाजमा प्रस्तुत भएका छन् । फिल्मकै अवधारणा अनुसार गीतलाई तयार गरिएको छ । गीतलाई फिल्मकै निर्देशक हरी हुमागाईंले यसलाई तयार गरेका हुन् ।

यसको भिडियोलाई समीर गुरुङले सम्पादन गरेका हुन् । म्युजिक भिडियो र एडमा चिनिएको नाम हरीले यसै फिल्म मार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन् । यो चलचित्रमा सुमीसँगै लियो ट्यांक, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक , विजय लामा, धिरेन शाक्य, युवराज लामा, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङलगायतको अभिनय छ । फिल्ममा बदलाको कथा देखाइएको छ ।

फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रविन मानन्धरको कलर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, भिटेनको संगीत रहेको छ भने राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, भिटेन, श्रेया सोतांगको स्वर दिएका छन् । यसलाई काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ ।

बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मलाइ उपत्यकामा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।