२५ अक्टुबरमा टोनी कक्कर क्लब फरेनहाइटमा


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ असोज

भारतीय गायक टोनी कक्करलाई यही २५ अक्टुबरमा क्लब फरेनहाइटमा प्रत्यक्ष प्रस्तुत हुँदैछन् । कार्यक्रममा उनले चर्चित गीत सुनाउने छन् । उनि गत सेप्टेम्बर मै आउने तय थियो तर अन्तिम समयमा प्राविधिक समस्याले गर्दा आउँन पाएनन् ।

उनि नेपाल न आउँन पाउँदा दुखि रहेको र छिटै नेपाल आउने सामाजिक सञ्जाल मार्फत जनाएका थिए । त्यसैले उनले आउँदो २५ तारिख आफ्ना हिट नम्बर मार्फत संगीत प्रेमीलाई नचाउने निधो गरेका हुन् ।

यस अगाडी आदित्य नारायण झा प्रस्तुत भईसकेको मंचमा यसपटक टोनीले आफ्नो गीतसंगीत मार्फत दर्शकलाई झुमाउँनेछन् । ‘कोका कोला तु, धिमे धिमे, मिले तो हम, ओ हमसफर’ लगायतका गीत गाएर दर्शकको मन जितेका टोनीलाई सी एन आई इभेन्ट्सको आयोजनामा प्रस्तुत गर्न लागिएको हो । टोनी आफैमा राम्रो कम्पोजर र लिरिसिस्ट पनि हुन् । उनले फिल्ममा गीतमा कम्पोज गर्नु र स्वर दिनुका साथै आफ्नै सिंगल ट्रयाकहरु पनि सार्वजनिक गरेका छन् , जसलाई दर्शक तथा श्रोताले रुचाएका छन् ।

कार्यक्रम बेलुकी ८ बजेबाट सुरु हुनेछ । जसमा प्रवेशको लागि प्रि टिकेट अन्तर्गत २५ सय र ३५ सय मुल्य रहेको छ । तर कार्यक्रमकै दिन गेटमा गएर किन्दा टिकेटको मुल्य ३५ सय र ५ हजार राखिएको छ । त्यसैले आयोजकले टिकेट अगाडी नै लिई आफ्नो स्थान सुरक्षित गर्न आग्रह गरेका छन् । टोनीले ‘भिजिट नेपाल २०२०’को अवसरमा हुन लागेको कार्यक्रममा सहभागी हुन आफ्ना शुभचिन्तकहरुलाई आग्रह गरेका छन् ।