सगरमाथा राष्ट्रिय संगीत अवार्ड ६५ विधामा प्रदान


ब्युटी न्युज नेपाल
काठमाडौं, १० असोज

पछिल्लो समय गीतसंगीत सम्बन्धि विभिन्न अवार्ड कार्यक्रम फस्टाएको छ । यसै क्रममा बिहिबार बेलुका राजधानीमा दोश्रो संस्करणको ‘सगरमाथा राष्ट्रिय संगीत अवार्ड–२०७६’ समारोहमा विभिन्न श्रष्टालाई सम्मानित गरिएको छ । समारोहमा आधुनिक, पप, लोक, चलचित्र र राष्ट्रिय भावनाका गीतहरुको विभिन्न ६५ विधामा अवार्ड प्रदान गरिएको छ । 

आधुनिकमा निशा र शिशिर उत्कृष्ट
जमलको नाचघरमा बिहिबार अबेर साँझसम्म सम्पन्न सो कार्यक्रममा आधुनिक विधातर्फ उत्कृष्ट आधुनिक गायकको अवार्ड तेरो नाम…बाट शिशिर योगीले र उत्कृष्ट आधुनिक गायिकाको अवार्ड रुझेको परेली…बाट निशा देशारले हाँसिल गरे । आधुनिक गायक र गायिकाको जुरी अवार्ड चिरञ्जिवी भण्डारी र रिता केसीले र पब्लिक च्वाई अवार्ड छुनु गुरुङले प्राप्त गरे । आधुनिकमै गीतकारको अवार्ड डा. डीआर उपाध्यायले, महिला गीतकारको अवार्ड तारा अधिकारीले, डायस्पोरा महिला गीतकारको अवार्ड बेल्जियमकी अशोदा थापाले र मलिहा गीतकार पब्लिक च्वाईस अवार्ड प्रतिमा गुरुङले हाँसिल गरे ।

आधुनिकमै संगीतकारको अवार्ड सन्तोष श्रेष्ठले, सँगीतकारको जुरी अवार्ड सरोज प्याकुरेलले, युगल गायनको अवार्ड रबी थापा र अन्जु पन्तले, नव गीतकारको अवार्ड नारद आचार्यले थापे । आधुनिकतर्फ नै नव गायकको अवार्ड उत्सबकान्त मैनालीले, नव गायक इन्करेजमेन्ट अवार्ड सञ्जय उपमन्यु पाण्डेले, नव गायिकाको अवार्ड विना भट्टराईले, आधुनिक गीत ऐरेन्जरको अवार्ड देवेन्द्र नेवाले र उत्कृष्ट आधुनिक पप गीतको अवार्ड जवानीको रस रँग..ले पायो ।

राष्ट्रिय भावको गीतको अवार्ड रमेश दाहालले, राष्ट्रिय भावको गीतको जुरी अवार्ड सुमन राईले, चलचित्र तर्फ गीतकारको अवार्ड प्रसादको बनकी चरी…बाट वि पाण्डेले, चलचित्र संगीतकारको अवार्ड यही गीतबाट सुवास भुषालले, चलचित्र गायकको अवार्ड छक्का पञ्जा –३ को पहिलो नम्बरमा…बाट डेभिड शँकर र गायिकाको अवार्ड पहिलो नम्बरमा..बाटै बिन्दु परियारले प्राप्त गरे ।

लोक दोहोरीमा नेत्र र रमिला उत्कृष्ट
यस्तै लोक तर्फ लोक दोहोरी भाकाको सगरमाथा म्युजिक अवार्ड सालको पात…बाट बसन्त थापाले, लोकदोहोरी गायकको अवार्ड नेत्र भण्डारीले, लोकदोहोरी गायिकाको अवार्ड रमिला न्यौपानेले, लोकदोहोरी शब्दको अवार्ड शिब हमालले, शब्दतर्फ जुरी अवार्ड सामना शाहले र शब्दतर्फ पब्लिक च्वाई अवार्ड सवित्रा चिलवालले प्राप्त गरे । लोक दोहोरी नव गायकको अवार्ड रञ्जित परियारले, नव गायक पब्लिक च्वाईस अवार्ड बसन्त बिकले, लोक दोहोरी नव गायिका अवार्ड अमृता लामिछानेले, नव गायिका पब्लिक च्वाईस अवार्ड सुमन थापामगरले र नवगायिका जुरी अवार्ड रितु तामाङले हाँसिल गरे । लोकदोहोरी नृत्यतर्फ म्युजिक भिडियोमा मोडल महिला अवार्ड अञ्जली अधिकारीले, पुरुष मोडल अवार्ड प्रदीप रोक्काले, नृत्य पुरुष मोडल पब्लिक च्वाईस अवार्ड सञ्जन बोहोराले हाँसिल गरे ।

लोकदोहोरी भिडियो तर्फ छायाँकारको अवार्ड दुर्गा पौडेलले, सम्पादकको अवार्ड बिनोद बमले र भिडियो निर्देशकको अवार्ड प्रकाश भट्टले हाँसिल गरे । मौलिक गायनको अवार्ड सन्तु थापालाई, नव प्रतिभा गायिका अवार्ड शर्मिाला राईलाई प्रदान गरियो ।

लोकदोहारी तर्फ नै म्युजिक भिडियोमा पुरुष मोडलको अवार्ड बुद्धबीर थापाले, महिला मोडलको अवार्ड उषा सुवेदीले, नव पुरुष मोडल अवार्ड खगेन्द्र बिष्टले, नव महिला मोडल अवार्ड सजिना लामिछानेले पाए ।

पपमा सचिन र सृजना उत्कृष्ट
पप गीततर्फ पप गायकको अवार्ड सचिन रौनियारले, पप गायकतर्फ पब्लिक च्वाईस अवार्ड भुवन प्यासीले, पप गायिकाको अवार्ड सृजना खत्रीले, गीतकारको अवार्ड केशब बैरागीले, पपसंगीतको अवार्ड राजकुमार बगरले, पप नवगीतकारको अवार्ड बिल पुर्जा मगरले, पप नव गीतकारको जुरी आवर्ड साधुराम गुरुङले हाँसिल गरे ।

नव पप गायिकामा ब्युटि न्युज नेपालकी सरिता
यस्तै पप नव गायिकाको इन्करेजमेन्ट अवार्ड मेरो जवानी…बाट सञ्चारकर्मी सरिता भारतीले, पप नव गायिकाको अवार्ड शँका नगर…बाट नम्रता तामाङले, पप युगल गायनको अवार्ड उजाड यो…बाट नेपाल आईडल रबी ओड र प्रविशा अधिकारीले हाँसिल गरे ।

म्युजिक भिडियो तर्फ आधुनिक भिडियो गीत छायाँकारको अवार्ड अमृत सुनुवारले, पपगीत भिडियो छायाँकारको अवार्ड मुकेश हुमागाईले, आधुनिक भिडियो सम्पादकको अवार्ड वीरेन्द्र भाट विपिनले, आधुनिक म्युजिक भिडियो निर्देशकको अवार्ड हेम प्रवासले, पप म्युजिक भिडियो निर्देशकको अवार्ड मनोज बिष्टले हाता पारे ।

पप आधुनिक पुरुष मोडल अवार्ड सनम कठायतले, महिला मोडल अवार्ड सृष्टी खड्काले , महिला मोडल जुरी अवार्ड शिल्पा खड्काले, पप आधुनिक नव पुरुष मोडल अवार्ड बीरेन्द्र नौभाग्यले, नव महिला मोडल अवार्ड नताशा ब्लोनले, नव महिला मोडल पब्लिक च्वाईस अवार्ड शिलाश्मा हमालले हाँसिल गरे ।

शान्तिप्रियलाई रजत सम्मान

यस्तै अढाई दशक भन्दा लामो समय पत्रकारितामा योगदान दिएको भन्दै शान्तिप्रियलाई रजत पत्रकारिता सम्मान प्रदान गरियो । पत्रकारहरु तुलसी गिरी भावुक, राज श्रेष्ठ, बिजय आवाज, कुबेर डँगोललाई पत्रकारिता सम्मान र मनिष दाहाललाई पत्रकारिता पुरस्कार प्रदान गरियो ।

बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले कार्यक्रममा बोल्दै छोटो समयमा सगरमाथा अवार्डले प्रतिष्ठा कमाएको बताए । बरिष्ट गीतकार एसपी कोईरालाले यस्तो अवार्डले श्रष्टालाई प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरे । आयोजक संस्थाका अध्यक्ष मनोज थापाले सँगीत क्षेत्रको विकाश विस्तार र कलाकारको योगदानको सम्मानका लागि यो अवार्ड आयोजना गरिँदै आएको भनाई सो कार्यक्रममा राखे ।

जगत मर्दनलाई लाईफ टाईम एचिभमेन्ट


बरिष्ट सुगम सँगीत गायक जगत मर्दन थापालाई लाईफटाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । नेपाली सँगीतमा ६ दशकभन्दा लामोदेखि योगदान दिँदै आएको भन्दै उनलाई सो सम्मान प्रदान गरिएको आयोजक पक्षले बतायो । आफुलाई यो उमेरमा आएर यस्तो सम्मान प्रदान गरेकोमा थापाले आयोजकलाई धन्यबाद ज्ञापन गरे । नेपाली संगीतको श्रीबृद्धिका लागि गत वर्षबाट आफुले यो अवार्ड आयोजना गर्दै आएको आयोजक संस्थाका अध्यक्ष मनोज थापाले बताए ।