दिल्लीको एमएस टकमा निल डेभिडको प्रवचन


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ असोज

हेयर स्टाइलिष्ट नीलडेभिड कटवालले भारतको नया दिल्लीमा नेपालका तर्फबाट आफ्नो करियर तथा जीवनमा पाएको सफलताका बारेमा आफ्नो कुरा राखेका छन् । मोटिभेसनल कार्यक्रम ‘एमएस टक’मा उनले आफ्ना कुरा राखेका हुन् ।

दिल्लीको एसके क्राउन पार्क होटलमा आयोजित सा कार्यक्तममा नेपालको प्रतिनिधित्व गरेका नीलडेभिड कटवालले आफ्नो जीवनको वास्तविक यात्रालाई प्रारम्भदेखि आजसम्मको सफलतालाई वर्णन गरेका थिए ।

‘मैले आफ्नो संघर्षको कथा थाल्नुअघि भगवान पशुपतिनाथलाई स्मरण गरें ।’ नील डेभिडका अनुसार उनले उपस्थित व्यक्तित्वहरुलाई समेत भगवान पशुपतिनाथले कल्याण गर्नु हुनेछ भन्ने कामना गरेका थिए ।
निलेन्द्र कटवालबाट नीलडेभिडमा रुपान्तरण हुन गरेको संघर्षको आफ्नो कथालाई उपस्थित व्यक्तिहरुले निकै रुचीपूर्ण तरिकाले सुनेको नीलडेभिडले बताएका छन् । अध्ययनका लागि विदेश जानुअघि सात पटक भिसा अस्विकृत भएको क्ष्ँणदेखि आज आएर हेयर स्टाइलिङलाई करियर मात्र नबनाइ सयौं व्यक्तिलाई रोजगार दिन सफल भएको क्ष्ँणलाई नीलडेभिडले बडो रोचक शैलीमा प्रस्तुत गरेका थिए ।

दिल्लीमा आयोजित सो कार्यक्रममा नेपालबाट नीलडेभिडलाई निमन्त्रणा गरिएको थियो । कार्यक्रममा नीलसहित विभिन्न मोटिभेसनल स्पिकरहरुले आफ्नो जीवनका खुड्किलाहरुको बारेमा वर्णन गरेका थिए । समारोहमा एमएस टकका फाउन्डर मिस्ट अर्थर सेरीले नीलडेभिडको सफलताको यात्रालाई प्रशंसा गर्दै नेपालको नाम अझ बढि उच्च बनाउन शुभकामना दिएका थिए ।