दर्जन कलाकारलाई जनसेवाश्री विभूषण


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ असोज

चलचित्र अभिनेता निखिल उप्रेती, दिनेश डिसी सहित विभिन्न कलाकारलाई जनसेवाश्री मानपदवी प्रदान गरिने भएको छ ।
संविधान दिवसको अबसरमा राष्ट्रपति कार्यालयबाट विभिन्न कलाकार तथा चलचित्रले जनसेवाश्री चौथो र पाँचौबाट विभूषित घोषित भएका हुन् ।

जनसेवाश्री पाउने अन्य कलाकारहरुमा अभिनेत्री श्वेता खड्का, वरिष्ठ चरित्र अभिनेत्री एवम् प्रथम नायिका भुवन चन्द, वसुन्धरा भुसाल, संगीतकार शुरेश अधिकारी, शान्तिराम राई, गीतकार एवम् कवि श्रवण मुकारुङ, एक नारायण भण्डारी, नृत्य कलाकार नारायण देवी प्रधानलगायत रहेका छन् । यस्तै स्व खुशीराम पाख्रिनलाई पनि मरणोपरान्त जनसेवाश्रीबाट विभूषितको घोषणा गरिएको छ ।

यस्तै पत्रकार फुलमान बल, बिदूर गिरी कलाकार जोगेन्द्र केसीलगायत पनि जनसेवाश्रीबाट विभूषित घोषित भएका छन् । नेपाल सरकारले पाँच किसिमका जनसेवा श्री पदक प्रदान गर्ने गर्छ ।

जसमा प्रथम श्रेणी – सुप्रसिद्ध प्रबल जनसेवा श्री, द्वितीय श्रेणी– प्रसिद्ध प्रबल जनसेवा श्री, तृतीय श्रेणी– सुप्रबल जनसेवा श्री, चतुर्थ श्रेणी– प्रबल जनसेवा श्री, र पञ्चम श्रेणी– जनसेवा श्री रहेको छ । यी मान पदवीहरु विशेष समारोहबीच राष्ट्रपति विधादेवी भण्डारीबाट प्रदान गरिने छ ।