सानो मनको टिमद्धारा आईआईएफी उद्घाटन


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० असार  

शुक्रबारबाट मुलुकका सिनेमा हलमा रिलिज भएको चलचित्र ‘सानो मन’को टिमले इन्टरनेशनल इन्ष्टिच्युट अफ फेसन टेक्लोजी (आईआईएफी)को ललितपुरस्थित मानभवन शाखा उद्घाटन गरेका छन् ।

अभिनेता आयुषमान देशराज जोशी, अभिनेत्री शिल्पा मास्के, निर्देशक आयुष गुरुङ, ललितपुर चेम्बर्स अफ कर्मसका अध्यक्ष कृष्णलाल महर्जन र आईआईएफटी अध्यक्ष सर्मिष्ठा श्रेष्ठले सो इन्टिच्युटको शनिबार सँयुक्त उद्घाटन गरेका हुन् ।
आयुष र शिल्पा अभिनीत फिल्म ‘सानो मन’ यही शुक्रबारबाट अलनेपाल रिलिज भएको छ । बागबजारमा मुख्य कार्यालय रहेको आईआईएफटी फेसन अफ कलेजको यो नयाँ शाखा हो ।

अभिनेता आयुष्मान र अभिनेत्री शिल्पाले आफूहरु अभिनीत फिल्म प्रमोशनकै क्रममा आईआईएफटी स्कुल अफ कलेजको उद्घाटन गर्न पुग्दा खुसी लागेको बताए ।

अभिनेता आयुष्मानले आफू पनि फेसनप्रति चासो भएकाले आईआईएफी जस्तो इन्ष्टिच्युटले फेशन डिजाईनको बजार बिस्तारमा सघाउने बताए । आयुष्मानले चलचित्र सोनो मन केही पृथक चलचित्र भएको बताउँदै यो फिल्म हेर्न दर्शकलाई आग्रह गरे ।

यस्तै अभिनेत्री शिल्पाले यस्ता इन्टिच्युटले आर्ट तथा फेसन कलेजहरुको कमी भइरहेका बेला फेशन पढ्ने विधार्थीलाई अध्ययनको लागि अबसर मिल्ने विश्वास व्यक्त गरिन् । आफू सानोमा फेसन प्रति आकर्षक नभए पनि ग्ल्यामरस क्षेत्रमा आएपछि फेसनप्रति रुचि राख्न थालेको बताइन् ।

कार्यक्रममा आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले तीन वर्षअघि बागबजार प्लाजामा सञ्चालनमा आएको आईआईएफटी स्कुल अफ फेशनले अहिलेसम्म डेढ सय बढी फेसन डिजाइनर उत्पादन गरिसकेको बताए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै शेर्पाले बागबजारको सफलतापछि शाखा सञ्चालनमा ल्याएको बताए । उनका अनुसार हाल दुई ब्याचमा ३० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।