ब्युटी न्युज नेपाल
काठमाडौं, १२ असार

‘नेपाल आइडल’ र ‘द भ्वाइस अफ नेपाल’ जस्तै अर्को गायन रियालिटी शो ‘लैबरी सिङगिङ स्टार’को चौथो सिजन पनि हुने भएको छ । यसको तीन सिजनले राम्रै लोकप्रियता हासिल गर्यो ।

चाँडै एनटिभी प्लसबाट यसको चौथो सिजन प्रशारण हुँदैछ । अहिले अडिसन चलिरहेको छ । विद्यार्थी लक्षित यस गायन प्रतियोगिताको पहिलो अडिसन १८ जेष्ठमा काठमाडौंमा भएको छ । भने, नुवाकोट र धादिङमा पनि अडिसन सम्पन्न भइसकेको छ ।

चितवनमा २८ असारमा सोलुखुम्बुमा १४ असारमा अडिसन हुने भएको छ । सनसाइन प्रोडक्शन हाउसको आयोजनामा हुन लागेको यस प्रतियोगिताका लागि विभिन्न दश शहरमा अडिसन हुनेछ । बाँकी शहरमा अडिसन हुने मिति केही दिनमा सार्वजनिक गरिने प्रोडक्शन हाउसकी अध्यक्ष प्रमिला तामाङले जानकारी दिइन् ।

बालबालिकाको गायन प्रतिभामा निखार ल्याउन र आत्मविश्वास बिकासका लागि ‘लैबरी सिङगिङ स्टार’ को सुरुवात गरिएको अध्यक्ष प्रमिलाले बताएकी छिन् । प्रमिलाका अनुसार लैबरी सिङगिङ स्टारको स्टेज सजावटले धेरैलाई आकर्षित गरेको थियो । बाल–बालिका केन्द्रीत रियालिटी शो खासै नहुने देखेर यस प्रतियोगिता सुरु गरेको गायिका समेत रहेकी तामाङले बताईन् । अघिल्लो सिजनभन्दा चौथो सिजन अझ स्तरिय र उत्कृष्ट बनाउने उनको दाबी छ ।

‘लैबरी सिङगिङ स्टार’ सिजन ४ मा गायक नारायण लामा, गायक राज सिग्देल र गायिका प्रमिला तामाङ प्रमुख निर्णायकको रुपमा रहेका छन् । यस प्रतियोगितामा विजेता हुनेले नगद २ लाख प्राप्त गर्नेछन् ।