जमुनालाई मिसेस चितवनको उपाधि


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ असार

भरतपुरकी जमुना श्रेष्ठले मिसेस चितवन २०१९ को उपाधि हाँसिल गरेकी छिन् । भ्याली स्टेट कलेजकी प्रिन्सीपल समेत रहेकी दुई सन्तानकी आमा श्रेष्ठले अन्य २१ प्रतिस्पर्धीहरुलाई पछि पार्दै सो उपाधि जितेकी हुन् ।

उनले मिसेस चितवनको ताजसंगै नगद ५० हजार रुपैया सहित आकर्षक गिफ्ट हृयाम्परसमेत पाइन् । जमुनाले मिसेस ट्यालेन्टको अवार्डसमेत हात पारिन् ।

सो प्रतियोगितामा प्रभा अधिकारीले फस्ट रनर अपको उपाधि सहित ३० हजार रुपैयाँ, सजना अधिकारीले सेकेण्ड रनर अपको उपाधि सहित २० हजार रुपैयाँ र प्रतिक्षा पन्तले थर्ड रनर अपको उपाधि ससिहत १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रभा अधिकारीले मिसेस मल्टिमिडिया र मिसेस कन्जेनियालिटीको अवार्ड, सजना अधिकारीले मिसेस पर्सानालिटी र प्रतिक्षा पन्तले मिसेस क्याटवाकको अवार्ड पनि प्राप्त गरे ।

सो प्रतियोगितामा बेस्ट स्माइल अवार्ड सिता घलेले, मिसेस एक्टिभ अवार्ड सुवर्ण विश्वकर्माले, मिसेस ब्युटिफुल अवार्ड अस्मिता सुबेदीले, मिसेस कन्फिडेन्ट अवार्ड आरती डल्लाकोटीले, मिसेस क्रिएटिभ अवार्ड चिना गुरुङ पियाले हाँसिल गरे ।

यस्तै बेस्ट फिगर अवार्ड मिना अले मगरले, बेस्ट हेयर अवार्ड सुश्मा राज भण्डारीले, बेस्ट स्किन अवार्ड सरिता काफ्ले केसीले, मिसेस फोटोजेनिक अवार्ड सोमामाया लामाले, मिसेस डिसिप्लिन अवार्ड सुनिता तामाङ थापाले, मिसेस फ्रेण्ड्ली अवार्ड प्रतिक्षा पन्ती बरालले, मिसेस पर्फेक्ट अवार्ड सरिता थापाले पाए ।

सोही क्रममा मिसेस पङ्चुवालिटी अवार्ड सन्तोषी रिजालले, मिसेस स्ट्याएलिस अवार्ड सरु लामाले, मिसेस सोसियल रेस्पन्सिबिलिटी अवार्ड सुश्मिता श्रेष्ठले, मिसेस इनर्जे्िटक अवार्ड कबिता श्रेष्ठले र बेष्ट डिजाईनर अवार्ड प्रतिभा कडेलले हाँसिल गरे ।
फेशन कोरियोग्राफर एव संचारकर्मी जयन सुब्बा मानन्धरको कोरियोग्राफी रहेको मिसेस चितवन सिजन २ को दाताज ईभेन्ट्सको तर्फबाट दुर्गा घिमिरे र मिना झा कार्यक्रम संयोजक थिए ।

कार्यक्रमको निर्णायकमा फोटोग्राफर राजभाई सुवाल, अभिनेत्री सञ्चीता लुईटेल, चिकित्सक डा.अच्युत पोखरेल, व्यवसायी रुबिन रामुदामु, मीसेस पोखरा सविता पाण्डे थिए ।