ब्युटी न्युज नेपाल
काठमाडौं, ११ असार

सफल चलचित्र प्रेम गीतको तेश्रो सृँखला ‘प्रेम गीत–३’मा प्रदीप खड्काको बाल भूमिकामा बाल अभिनेता अनुभव रेग्मी हुने भएका छन् । यो चलचित्रको बालकलाकारका लागि अनुभवलाई निर्माण संस्था आसुसेन फिल्मस्का तर्फबाट मँगलबार बेलुका अनुबन्धित गरिएको हो ।

सो सम्झौता अनुसार अनुभवले प्रेम गीत–३ मा मुख्य अभिनेता प्रदीप खड्काको बाल्य अवस्था अर्थात ‘प्रेम’को भूमिका निर्वाह गर्नेछन् । उनको भूमिका पनि निकै प्रभावशाली भएको यसका निर्माता, निर्देशक सन्तोष सेनले जानकारी गराएका छन् ।

‘प्रेम सानो हुँदाको रोलमा अनुभव अत्यन्त फिट देखिए त्यसैले हामीले उनीसँग सम्झौता गरेका छौँ । प्रेम गीत ३ फ्रेन्चाईजका निर्देशक सन्तोष सेनले भने ।

निर्देशक सेनका अनुसार यो चलचित्र करिब ४ करोडको लगानीमा निर्माण हुँदैछ । प्रेम गीत ३ मा यसअघि मुख्य नायकमा अभिनेता प्रदीप खड्का सहित बरिष्ट अभिनेता शिव श्रेष्ठ, खलअभिनेता सुनिल थापा, मोडलिङ फिल्डमा नयाँ पहिचान बनाउन सफल मनिष राउत, प्रेम पुरीसहितका कलाकारहरु अनुबन्धित भईसकेका छन् ।

चलचित्रको प्रिप्रोडक्सन अन्र्तगतको कास्टिङ चयनको कार्य पुरा हुन लागेको पनि निर्देशक सेनले जानकारी गराए । उनका अनुसार अबको एक हप्ता भित्र प्रेम गीतमा गीतको भूमिकाको लागि नायिकाको चयनको घोषणा पनि गरिने छ यो टिमले प्रेम गीत ३ का लागि हिरोइन अडिसन आहवान गरेको थियो । जसका लागि विश्वभरी रहेका २७ सय २४ जना नेपाली युवतीहरुले फारम भरेका थिए । त्यस मध्येबाट उत्कृष्ट २५को अडिसन हालै सम्पन्न गरिएको हो । ती २५ बाट सर्वोत्कृष्ट एक जनालाई नायिकाको रुपमा चयन गर्ने तयारीमा आफुहरु रहेको पनि निर्देशक सेनले जानकारी गराए ।