जातिय विवाद र गीत विवादबारे प्रकाशको यस्तो बक्तब्य


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ असार

गलबन्दी च्यातियो…गीतले निम्त्याएको विवादको बिषयमा गायक प्रकाश सूपतले फेरी एक बक्तब्य जारी गरेका छन् । एक साता देखि मोफसल यात्रामा कन्सर्टमा रहेका गायक सपूत कन्सर्ट सकेर काठमाडौं आएपछि मँगलबार बेलुका उनले फेसबुकमार्फत यो विवादबारे आफना भनाई राखेका छन् ।

गायक सपूतले सामाजिक सञ्जालमा आएका जातीय विभेदका कुराप्रति दुःख व्यक्त गरेका छन् । जातीय विभेदको यो बहसलाई उनले आधुनिक विश्व समाजमा नेपालको लागि साह्रै लाजमर्दो र दूभाग्यपूर्ण कुरा हो भनेका छन् ।
बरिष्ट गायक शम्भु राईको देउसी गीतको आउ नाचौं…बाट गलबन्दी च्यातियो…कपी गरिएको आरोप प्रकाश सपूतलाई लाग्दै आएको छ । कपिराईट सम्बन्धि यो विवादलाई अब आफुहरुले चाँडै समाधान तर्फ लैजाने पनि गायक सपूतले बताएका छन् । यो समस्या समाधान र वार्ताको लागि सहकार्यमा साथ दिन उनले संगीत सम्बन्धि संघ संस्थालाई पनि अनुरोध गरेका छन् । गलबन्दी च्यातियोको मुद्धा र सुवास मँगोलले जातीयता विषयमा सामाजिक सञ्जालमा लेखेपछि चर्किएको विवादबारे गायक प्रकाश सपूतले फेसबुक मार्फत आफ्नो भनाई यसरी व्यक्त गरेका छन् –

‘समय समयमा यसरी अपत्यारिलो रुपमा समाजमा उठेका विषयहरु माथी बहस हुन जरुरी छ ! यसले परिवर्तनका निम्ती ठुलो भुमिका खेल्छ । जस्तो : नेपालमा गितसंगितको औपचारिक रेकर्ड र व्यवसाय शुरु भएको यतिका वर्ष सम्म पनि कपिराईट सम्बन्धि स्पस्ट कानुन नहुनु दुखद कुरा हो । त्यसैले कपिराईट सम्बन्धि वृहत बहस हुनु जरुरी छ । नया र स्पस्ट कानुन बन्नु जरुरी छ । लोक गितको विषयमा त झन गम्भिर हुनु जरुरी छ ।

 किनकि यो बौद्धिक सम्पति मात्रै नभएर राष्ट्रको पहिचान संग जोडिएको विषय पनि हो । जातिए विभेद सम्बन्धि अझै ठुलो बहस हुनु जरुरी छ । यो समयमा पनि जातिय बिषयमा वहस गर्नु पर्ने लड़ाई गर्नु पर्ने बाध्यता आधुनिक विश्व समाजमा नेपालको लागि सारै लाजमर्दो र दुर्भाग्य पुर्ण कुरा हो । यो हाम्रो नियति हो । हाम्रो चेतना स्तर र अन्धविश्वासको उपज हो । कतै पधेरामा तर्काएर कतै समाजिक सन्जालमा होच्याएर गरिने विभेदका नया नया ठाउ, शैली र सोचका विरुद्धमा बोल्न जरुरी छ । सोहि अनुसारको कानुन बन्न र कार्यान्वन हुन पनि जरुरी छ ।
यो दुईवटै विषयको बहसलाई जारी राखौ / निरन्तरता दिउ ।

एउटा टुङगो मा पनि पुर्याउ । त्यसमा अझै मिल्छ भने यो सामाजिक सन्जालको विषय पनि थपौ तर ! तर अलिक समय लिएर एउटा ठुलो समुहले अझै भनौ राज्य स्तरले छलफल र बहस गर्नु पर्ने यि गम्भिर विषयहरुमा एउटा सम्मानित जिवन बाचिरहेको अग्रज स्रष्टाको आत्मसम्मान र आखा भरी सपना र उर्जा लिएर आएको अर्को स्रष्टाको सिर्जनशिल समय वर्वाद हुनुहुदैन भन्ने हो । अरु जस्तै हाम्रो पनि सामान्य जिवन यापन र परिवारमा ठुलो समस्या आउनुत भएननी । त्यसैले पहिला यो मुख्य समस्या जे हो त्यसलाई टुङ्गोमा पुर्याउने हो कि ? ।

व्यक्तिगत रुपमा यो समस्या समाधान गरे पछि मात्रै संगित सम्बन्धि स्रस्टाहरु, संस्थाहरु संग बसेर कपिराईट सम्बन्धि छलफल र बहस गर्ने र जातिय रुपमा विभेद भोगिरहेका आफ्नो समुदाय संगै मिसिएर आवाज उठाउने प्रण गर्दछु । त्यसैले फेरी एक पटक स्पष्ट भन्छु – नआउनु समस्या आईहाल्यो यसले यदि भेगिय जातिय राजनीतिक रुप लियो भने दर्शक स्रोताले हामी दुईलाई मात्रै होईन सम्पुर्ण सर्जक स्रष्टा कलाकारलाई विभिन्न खेमामा बाड़ेर हेर्नेछन ।

 साझा माया र लोकप्रियता सबैको घट्दै जानेछ । त्यसैले व्यक्तिगत रुपमा शम्भु राई सरको कुरा सम्बोधन हुने गरि हामी बिचको समस्या समाधान गर्ने अनि मात्रै यो घटनाबाट उब्जिएका अत्यन्त गम्भिर तर अस्पष्ट विषयहरु माथि तपाईहरु संगै जोडिएर बहसमा बस्ने मनसाय भएको हुदा बुधवार सम्मका लागि व्यक्तिगत रुपमा मैले रेस्पोन्स गरेन, यि विषयहरुलाई ईग्नोर गर्यो, संस्थागत भएन जस्ता गुनासाहरु नगरिदिनु होला ।

पहिलो कुरात म मानसिक रुपमा एकदमै विचलित भएको छु अन्य विषयहरुमा ध्यान जान सकेको छैन । अर्को कुरा म चाहन्छु कुनै भेगिय, जातिय, धार्मिक र राजनैतिक प्रभाव नपरिकन सकेसम्म संगित सम्बद्ध संघसंस्था, संगितकर्मिहरु र रजिष्स्टार कार्यलयको रहोबरमा यो भाका विवाद मिलोस । हालको यो संगितको मुद्दालाई संगितकै तर्कमा ढालौ । खासमा यो सामाजिक सञ्जालका कुरा तातिन्छ / सेलाउछ भनेर यसलाई मैले सामान्य रुपमा लिएको थिए । तर यसले व्युत्पन्न गरेका विषयहरु असामान्य बन्दै गईरहेका छन । त्यसलाई समाधान गर्नै पर्छ । शुभेच्छा दिनुहुने तपाईहरु सबै सबै प्रति कृतज्ञ छु । कृपया विषय प्रसंगलाई जटिलता तर्फ भन्दा पनि समाधानका लागि सकरात्मक र रचनात्मक भुमिका खेल्नुहुन तपाईहरु सबैसबैमा अनुरोध छ । एकबारको जुनिमा खुसीले बाचौ। मिलेर बसौ । धन्यबाद ।’