रविना ब्युटी पार्लरद्धारा प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान


ब्युटी न्युज नेपाल
काठमाडौं, १० असार

रविना ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले ब्युटी सम्बन्धित प्रशिक्षणसम्पन्न गरेको १५० भन्दा बढी विधार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेको छ । काठमाडौंमा एक भव्य समारोहबीच १५० विधार्थीहरुलाई व्युटिसियन सम्बन्धित प्रशिक्षण सम्पन्न गरेको प्रमाणपत्र प्रदान गरिएको हो ।

सो व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमार्फत सिटिईभिटीबाट शिप परिक्षणमा फस्ट लेवल उतिर्ण गरेका विधार्थीहरुलाई सो कार्यक्रममा परिक्षा उतिर्ण गरेको प्रमाणपत्र प्रदान गरिएको हो । साथै सो व्युटी पार्लरबाट बेसिक तथा डिप्लोमा उतिर्ण गरेका केही विधार्थीहरुलाई पनि कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो ।

सो कार्यक्रमका राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष तथा कार्यक्रममा प्रमुख अतिथि माधव प्रसाद ढुँगेल, सिटिईभिटीका निर्देशक टैलेन्द्र आचार्य, युवा स्वरोजगार मन्त्रालयका लोेकेन्द्र खड्का, बरिष्ट ब्युटिसियन राजश्री श्रेष्ठलगायतले प्रमाणपत्र प्रदान गरे । यी अतिथिहरुले सो कार्यक्रममा बोल्दै रविन ब्युटी पार्लर एन्ट ट्रेनिङ सेन्टरको प्रगतीबारे चर्चा गरे ।

यस्तै सो कार्यक्रममा बरिष्ट व्युटिसियनहरु सिता पाठक, सुमित्रा रँजित, सोनी कारंजित, अनिता खड्का रायमाझी, मेनुका सिवाकोटी, रिना अवाललगायतले पनि विधार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा विधार्थीहरुले गायन तथा नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जन प्रधान तुल्याएका थिए । सो पार्लरका सञ्चालक गगन श्रेष्ठले कार्यक्रममा बोल्दै रविना व्युटी पार्लरले अहिलेसम्म प्रशिक्षण दिएर ४ हजार भन्दा बढीले प्रशिक्षणको परिक्षा उतिर्ण गरेपछि उनीहरुलाई प्रमाणपत्र प्रदान गरिएको जानकारी गराए ।

यस्तै रविना व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवम् बरिष्ट व्युटिसियन शुलोचन श्रेष्ठले महिलाहरुसँगै पुरुषहरुलाई पनि आफुहरुले सलुन तथा व्युटी सम्बन्धि प्रशिक्षण दिएर रोजगारीको अबसर दिलाएको बताईन् ।