आयो भिडियोमा सानो मनको शिर्ष गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ असार

प्रदर्शन मिति निजिकँदै गर्दा चलचित्र ’सानो मन’को शिर्ष गीत सानो मन…को भिडियो रिलिज भएको छ । यो गीतको भिडियो निर्माण संस्थाको अफिसियल युट्युव च्यानल हाई टेक इन्टरट्रेनमेन्टबाट रिलिज भएको हो ।
यो गीतमा सुयोग सोताङ्गको संगीत रहेको छ । गीतलाई रोहित जोन क्षत्रीले गाएका हुन् । गीतको शब्द रचना स्वप्निल शर्माको रहेको छ ।

यो फिल्म २० असारबाट मुलुकका सिनेमा हलमा रिलिज हुँदैछ । सार्वजनिक गीतमा आयुष्मान र शिल्पाको प्रेम सम्बन्ध देखाईएको छ । अन्तरमुखी बनेकी शिल्पालाई आयुष्मानले देश बिदेशमा घुमाएको यो गीतमा उल्लेख छ । यो गीतमा उनीहरुको प्रेम सम्बन्ध प्रगाढ हुँदै गएको देखिन्छ ।

सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको यस चलचित्रमा आयुष्मान देसराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।
’गीत चल्तिको भन्दा अलिक फरक बनाएका छौँ, जसले नेपाली चलचित्रमा आईरहेका प्रेमगीतहरु भन्दा फरक स्वाद दिन्छ’, गीतको बारेमा संगीतकार सोताङ्गले बताए । चलचित्रका निर्देशक सुयोग गुरुङ्गले गीत चलचित्रको कथासँग नजिक रहेको जानकारी गराएका छन् । युवा युवतीबीच नौलो प्रेम हुँदाको क्षणहरु झल्किने यो गीत युवा युवतीको वास्तविकताको नजिक रहेको उनको भनाई छ ।

काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको यस चलचित्रका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् ।

ओ.पि.जी फिल्मस, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस चलचित्रलाई आलोक शुक्लले छायांकन गरेका छन् ।

चलचित्रका कला निर्देशक रबिनकाजी शाक्य हुन् भने मेकअप आर्टिस्ट श्रद्दा मास्के र कृति जोशी हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् प्रोडक्सन डिजाइनर यम ओली हुन् ।

म्युजिकल लभस्टोरी रहेको यस चलचित्रको ट्रेलर पनि सार्वजनिक भईसकेको छ । ट्रेलरलाई अधिकांश दर्शकले रुचाएका छन् । यो गीत पनि कर्णप्रिय र भिडियोको रुपमा सुन्दर बनेको छ ।

https://www.youtube.com/watch?v=IViF_GvPZz8