शिल्भा र रेनी मिष्टर एण्ड मिस एसइई ग्ल्याम


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ असार

एसइई दिएर बसेका विधार्थीबीच भएको ‘मिष्टर एण्ड मिस एसइई ग्ल्याम २०१९’को शिर्ष उपाधि शिल्भा भट्टराई र रेनी गुरुङले हाँसिल गरेका छन् । शिल्भाले मिष्टर र रेनीले मिस तर्फको उपाधि जितेका हुन् ।

प्रतियोगितामा मिस्टर तर्फ सिमोन तामाङ फष्ट रनरअप, प्रतिक केसी सेकेन्ड रनरअप र अनित राई थर्ड रनर अप घोषित भए । प्रतियोगितामा पब्लिक च्वाइस्, भ्युवर्स च्वाइस् र मष्टपपुलर उपाधि कमल श्रेष्ठले हात पारे ।

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा आयोजना गरेको यो प्रतियोगितामा मिस तर्फ सुभेच्छा वाग्ले फष्ट रनर अप, क्रिपा ढकाल सेकेन्ड रनर अप र स्वस्तिमा खड्का थर्ड रनर अप घोषित भए ।

सृष्टिकला राई मष्टपपुलर, बर्षा बोहरा बेष्ट डान्स, रचना श्रेष्ठ सोसियल रेस्पोनसिवल, ऐश्वर्या तन्डुकार बेष्ट हेयर, सुस्मिता रानाभाट बेष्ट डिस्पिलिन, अन्जना रावल बेष्ट स्पिच, मेन्खु शेर्पा मस्ट फिटनेस, सर्किला कार्की मस्ट फ्रेन्डली, दिलासा मगर म्यानेजमेन्ट च्वाइस, स्मृति पौडेल बेष्ट गायिका घोषत भए ।

एसईई दिएर बसेका केटाकेटीको प्रतिभा निखार्दै उनीहरुको भविष्य सुधार्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टकी सिइयो प्रिती कार्कीले जानकारी दिइन् । अश्विनी झाको कार्यक्रम संचालन तथा कोरियोग्राफीमा यो कार्यक्रम सम्पन्न भएको थियो ।