अष्ट्रेलियामै नेपाली व्यान्ड, ल्याए नयाँ गीत


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ असार

पछिल्लो समय अष्ट्रेलियामा रहेका नेपालीहरुले पनि विभिन्न गीतहरु निकालीरहेका छन् । यसै क्रममा अष्ट्रेलियामा बसेर नेपाली संगीतमा सक्रिय युवाहरूको व्यान्ड ‘द कन्भिक्टेड ब्याण्ड’ले विश्व संगीत दिवसको अबसर पारेर नयाँ गीत ‘तिमी आउन…’ को भिडियो रिलिज गरेको छ । यो भिडियोलाई उनीहरुले युट्युवबाट रिलिज गरेका हुन् ।

यो गीत रक पप शैलीमा तयार गरिएको छ । समुन्द्री तटमा छायांकन गरिएको भिडियोमा भोकलिस्ट तथा लिड गिटारिष्ट अनिष गुरुङ, बेस गिटार आयुष श्रेष्ठ र ड्रमर सन्तोष पी पाठकले अभिनय गरेका छन् ।

लोक, रक र हेभी शैलीका गीत गाउन खप्पिस यो व्यान्डले स्थापना यता अष्ट्रेलियाका विभिन्न स्थानमा कन्सर्ट गरिसकेको छ । सन् २००९ मा स्थापना भएको यो व्याण्डमा प्रारम्भकालमा ५ सदस्य थिए । हाल ब्याण्डमा तीनजना मात्र सदस्य छन् ।