गीत तिम्रोमा ऋचा र आयानको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौं, ६ असार

गायिका अञ्जु पन्तको स्वरमा रहेको ‘गीत तिम्रो…’ को भिडियो रिलिज गरिएको छ । यो गीतको भिडियोमा अभिनेता आयान बज्राचार्य र मोडल ऋचा थापाले मोडलिङ गरेका छन् । भिडियोमा यी दुईको रोमान्स देखाईएको छ ।

प्रिन्सपन कार्कीको निर्देशनमा तयार भएको उक्त भिडियो उत्सब दाहालले खिचेका छन् हुने भिडियो नवीन निरौलाले सम्पादन गरेका हुन् । भिडियोको मेकिङ चलचित्रको शैलीमा छ । उत्कृष्ट लोकेशन र मेकिङले गर्दा दर्शकले भिडियोबाट पनि थप मनोरञ्जन लिन सक्नेमा रचनाकार प्रियासन आशावादी छन् ।

पुरुषोत्तम न्यौपानेको सँगीत रहेको गीत रिकेश गुरुंङले एरेन्ज गरेका हुन् । सञ्चारकर्मी सविन प्रियासनको शब्द रहेको प्रियासन एल्वममा यो गीत सँग्रहित छ । गीतको भिडियो गोदाबरीमा छायांकन गरिएको हो ।

लामो समय देखि अभिनयमा क्रियाशिल रिचाको पनि हालसम्म दर्जनौ म्यूजिक भिडियो आइसकेका छन् भने उनले अभिनय गरेको लभ्यु हमेसा चलचित्र पनि पर्दशनको तयारीमा छ । यस्तै आयनले ‘इतिहास’, ‘कालापानी’ लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् ।