म्युजिक अवार्डमा कलाकार र पत्रकारलाई सम्मान


ब्युटी न्युज नेपाल
काठमाडौंं, ५ असार

‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट बरिष्ठ कलाकार जयनन्द चन्दलाई योङ माइन्डस् इन्टरटेनमेन्टले सम्मान गर्ने भएको छ । यहि ८ असारमा आयोजना गर्न लागेको दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’मा चन्दलाई यो सम्मान दिन लागेको हो ।

राष्ट्रिय गीतका सर्जका ब्याकुल माइलालाई ‘राष्ट्रिय गायन’ सम्मान दिइने कार्यक्रममा रंगपत्रकार शान्ती प्रिय, कृष्ण भट्टराई र लक्ष्मण सुवेदीलाई पत्रकारीता सम्मानद्धारा सम्मानित गरिदैछ ।

राष्ट्रिय नाचघरमा एक कार्यक्रम सहित यो अवार्ड बितरण गरिने छ । नेपाली गीत, संगीत तथा त्यसका श्रष्ठाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने उदेश्यले आयोजना हुन लागेको यो अवार्डमा प्रोत्सान र जुरी सहित गीतसंगीतका बिभिन्न बिधा गरेर कुल ५० बिधा समेटिएको आयोजक पक्षले जनाएको छ ।