अंकिश र प्रीशा मिष्टर एन्ड मिस एसईई अफ द इयर


ब्युटी न्युज नेपाल
काठमाडौं, ४ असार

‘मिष्टर एण्ड मिस एसईई अफ द इयर–२०१९’ प्रतियोगितमा अंकिश श्रेष्ठ र प्रीशा गिरीले प्रमुख उपाधि हाँसिल गरेका छन् । पाँचौ संस्करणको प्रतियोगितामा अनन्त कडेल र प्रीज्मा सापकोटा फष्ट रनर अप भएका छन् । सुवास सापकोटा र सुरेशा श्रेष्ठ सेकेण्ड रनर्सअप भएका छन्। । स्नेहा घिमिरे थर्ड रनर अप, सन्ध्या अधिकारी फोर्थ रनर अप घोषित भए ।

एसईई दिएर परिणामको प्रतीक्षामा बसिरहेको युवा युवतीको व्यक्तित्व र आत्मविश्वासका लागि रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा राजधानीमा यो प्रतियोगिता गरेको हो ।

प्रतियोगितामा पुरुषतर्फ रोहन खत्री मिष्टर ह्याण्डसम, सागर महर्जन मष्ट फ्रेण्डली, रिजन श्रेष्ठ मस्ट फोटोजेनिक र समिर खत्री बेस्ट पर्सनालिटी भएका छन् ।

पूर्व प्रधान सेनापती रुकमाङ्गद कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा युवतीतर्फ रिन्चेन तामाङ, पब्लिक च्वाइसस, भ्युवर्स च्वाइस र मष्ट व्युटिफुल, प्रेरणा मेहता मस्ट पपुलर र मेनेजमेन्ट च्वाइस, सजना डंगोल बेस्ट ¥याम्प, प्रिया केसी बेस्ट र्याम्प र व्युटि विथ पर्पस, सलिना कट्टेल मिस ट्यालेन्ट, अञ्जु श्रेष्ठ बेस्ट हेयर घोषित भए ।

यस्तै सन्ध्या महर्जन बेस्ट स्किन, लिजा श्रेष्ठ मस्ट डिसिप्लिन, काजल श्रेष्ठ मस्ट फोटोजेनिक, स्वस्तिका सुवेदी बेस्ट स्पिच, प्रस्तुती तिमसिना बेस्ट पर्सनालिटी, सुहाना न्यौपाने बेष्ट फिजिक, श्रेयुक्ता भट्टराई मस्ट फ्रेण्डली, सवर्णा शाह मष्ट चार्मिङ, अलिसा श्रेष्ठ सोशल वेलफेयर एम्बेस्डर, गिताञ्जली श्रेष्ठ मस्ट क्रिएटिभ, ऋषिका तामाङ बेस्ट फिटनेस, डिनिशा खत्री सोशली रेस्पोन्सिसबल र सिमरन भारती मस्ट एक्टिभ भएका छन् । अश्विनी झाको कोरियोग्राफी तथा सञ्चालनमा यो प्रतियोगिता सम्पन्न भएको हो ।