ब्युटी न्युज नेपाल

काठमाडौं, ३ असार

अभिनेत्री ऋचा शर्मा ७० वर्षीया बृद्धा भूमिकामा उत्रिएकी छिन् । यस अघि फिल्ममा पौढ महिलाको भूमिका निर्वाह गरेकी यी अभिनेत्रीले एउटा म्युजिक भिडियोमा पौढ महिलाको भूमिका निर्वाह गरेकी हुन् ।

गायक राजेश पायल राइको स्वरमा रहेको नयाँ गीत स्वदेशमा उनले पौढ महिलाको भूमिका निर्वाह गरेकी हुन् । राष्ट्रिय भावले ओतप्रोत यो गीतमा ऋचाले आफ्नो छोरालाई देशमै केही गरौं भनेर प्रोत्साहित गर्छिन ।

यो भिडियोमा राज खड्काले ऋचा शर्माको छोराको भूमिका निर्वाह गरेका छन् । भिडियोमा स्वदेशमै बसेर केहि गर्ने र विदेश नजाने कुराहरु गरिएको छ । यने चिडियोलाई राज आफैंले निर्देशन गरेका हुन् । राजले आफ्नो मातृभूमिमा केहि गरेर बस्ने युवाको कथालाई पर्दामा उतारेका छन् ।

यो गीतमा गीतकार श्री सिवाको शब्द रचना रहेको छ । गीतमा संगीत पुष्प गजमेरको रहेको छ । श्री सिवा लामो समय देखि अमेरिका बसेर नेपाली गीत संगीतमा सक्रिय नाम हो । फणिन्द्र राइको संगीत संयोजन यसमा छ ।

यो भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन छ । भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् ।  बिकाश ज्ञवालीले यसको कलर संयोजन गरेका हुन् ।