आप्पाको नयाँ गीतमा दयाहाङ पिता


ब्युटी न्युज नेपाल
काठमाडौं, २ असार

१३ असारबाट रिलिज हुने चलचित्र आप्पाको रिलिज मिति नजिकिँदै गर्दा नयाँ गीतको भिडियो रिलिज गरिएको छ । दयाहाङ राईको मुख्य भूमिका रहेको यो चलचित्रको साउने झरी…गीत रिलिज गरिएको हो ।
सार्वजनिक गीतले बाबु(छोरो रोमान्स र यात्राको कथा बोल्छ । यो ओएसटी गीतमा मुख्य कलाकार दयाहाङ राई र बाल कलाकार रोनीत सरकारलाई समेटिएको छ ।

सार्वजनिक गीतमा उमेश उपमाको शब्द रचना, निर्देशक अनमोल गुरुङ र शैकातको संगीत र विज्ञमा बराईलीको स्वर रहेको छ । सिनेमालाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । लेखक तथा निर्देशक गुरुङले ‘आप्पा’ पुर्ण रुपमा मनोरञ्जनात्मक सिनेमा रहेको बताए ।

सिनेमामा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ ।

अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमा ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । सिनेमा आगामी असार १३ गतेबाट नेपाल तथा भारतमा एकसाथ रिलिज हुँदैछ । बाबु छोराको सम्बन्धको कथा बोल्ने सिनेमाका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् ।

‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।