फस्ट लुक्समा ‘लभ यु हमेशा’


ब्युटी न्युज नेपाल
काठमाडौं, २ असार

चलचित्र लभ यु हमेशा आगामी ६ भदौबाट रिलिज हुने भएको छ । सोमबार यो चलचित्रको निर्माण मिति घोषणा गरिएको हो ।

नयाँ मिति घोषणासँगै यो फिल्म्को फस्ट लुक्स पोष्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा यशराज गरच, ऋचा थापा र फिजा योन्जनलाई मुख्य कलाकारका रुपमा मेटिएको छ । आइडियल डिजाइनर्सले डिजाइन गरेको लभ यु हमेशाका बिभिन्न डिजाइनका पोष्टर छन् ।

फिल्ममा यशराज,रिचा र फिजाका साथमा शिसिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङका कलाकारले अभिनय गरेका छन् ।

धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको यो फिल्मका निर्देशक भास्कर प्रधान हुन् । फिल्ममा भास्करकै कथा, शिब ढकालको छायांकन, एनबि महर्जनको द्धन्द्ध निर्देशन, भासुको संगीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ ।

भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौमा सुटिङ गरिएको फिल्मको केही दृश्य सिंगापुर र फिलिपिन्समा खिचिदैछ । लभ यु हमेशाको बितरण आरआर फिल्मस्ले गर्दैछ ।