जन्मदिनको केक काट्दै जाईराको पोष्टर रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौ, ३१ जेठ

अभिनेत्री नम्रता श्रेष्ठले शुक्रबार काठमाडौंमा एक समारोहबीच आफ्नो जन्मदिन मनाएकी छिन् । उनी शुक्रबारबाट ३३ बर्षमा लागेकी छिन् । सोही अबसरमा काठमाडौंमा एक समारोहबीच केक काटेर जन्मदिन मनाएकी हुन् ।

६ भदौबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जाइरा’ को टिमसँग उनले जन्मदिन सेलिब्रेट गरिन् । यो चलचित्रमा उनले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन् । यसमा उनको होम प्रोडक्सन कम्पनीले पनि निर्माण सहकार्य गरेको छ ।

’जाइरा’का निर्देशक आशुतोष राज श्रेष्ठ हुन् । नम्रताको जन्मदिनमा ‘जाइरा’का दुई पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा मुख्यतः उनलाई नै प्रमूख स्थान दिईएको छ । चलचित्रको मुल कथा नै उनको वरिपरि घुमेकाले निर्माण टिमले फिल्मको प्रचार सामाग्रीमा उनलाई नै विशेष स्थान दिँदै आएको छ । सार्वजनिक पोस्टरमा नम्रतालाई मिक्स मार्शल आर्ट खेलाडीको लुक्समा देख्न सकिन्छ ।

यसमा नम्रता सहित यो चलचित्रमा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव(कलाकारहरु श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरको पनि मूख्य अभिनय छ ।

’लभर गर्ल’ को भूमिकामा निकै रुचाइएकी नम्रताले ‘जाइरा’ आफ्नो लागि विशेष रहेको बताइन् । जन्मदिनको केक काट्दै उनले भनिन,‘यो फिल्मको स्क्रिप्टमा आशुतोषले निकै वर्क गरेको छ । स्क्रिप्टमा मात्र उसले तीन बर्ष खर्चेको छ । उसको मेहनत, लगाव र उसप्रति मलाई विश्वास भएर नै ‘जाइरा’ गरेकी हुँ ।’ त्यहि सन्दर्भमा उनले आफूले हरेक चलचित्रमा निभाएको क्यारेक्टर आफुलाई चुनौतीपूर्ण लाग्ने पनि बताइन् ।

यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको र राउल मोक्तान तथा मेघवार चेम्जोङको द्वन्द्व कोरियोग्राफी छ । यस चलचित्रमा केशव थापाको नृत्य निर्देशन छ भने डि.ओ.पी. बाबु श्रेष्ठको रहेको छ ।

’जाइरा’का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । यो चलचित्र कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा बनेको हो । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ’जाईरा’लाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् ।