मिसेस चितवनका प्रतियोगी प्रशिक्षणमा


ब्युटी न्युज नेपाल
चितवन, ३१ जेठ

विवाहित महिलाहरुको लागि चितवन कै सबैभन्दा स्तरीय ब्युटी पेजेन्ट ‘मिसेस चितवन २०१९’ को तयारी तिव्र रुपमा हुदैँछ । पहिलो संस्करणको अपार सफलतापछि दाताज ईभेन्टसले आयोजना गरेको प्रतियोगीतामा यतिबेला तालिम जारी रहेको छ ।

दुई चरणको अडिसनबाट फाईनल प्रतिस्पर्धाका लागि छनौट २५ दिने तालिम तीन साता अघिबाट बाट सुरु भएको हो । प्रतिस्पर्धीहरूलाई सञ्चारकर्मी एवं कोरियोग्राफर जयन सुब्बा मानन्धरले ग्रुमिङ परिचय, नेतृत्व, व्यक्तित्व विकास, प्रश्न उतर तयारी, एवम क्याटवाक प्रशिक्षण दिइरहेका का छन् ।

आईसल्याण्ड जंगल रिर्सोट भरतपुरमा चलीरहेको तालिममा प्रतिस्पर्धीहरूलाई मोटिभेसनल क्लास, एटिकेट, फोटोसेसन, ट्यालेण्ट राउण्ड, आउटीङ र सामाजिक कार्यमा प्रस्तुत गरिएको छ । प्रतियोगितामा विभिन्न पेसा , व्यवसायी, सेवामा आवद्ध विवाहित महिलाहरुको सहभागिता रहेको छ ।वैवाहिक महिलाहरुको क्षमता अभिवृद्धि गर्नको लागि दाताज ईभेन्टसले प्रतियोगीताको आयोजना गरेको हो। आयोजकद्धय दुर्गा घिमिरे र मिना झाको मुख्य संयोजनमा प्रतियोगीता सञ्चालन भएको हो ।

प्रतियोगिताले महिलाहरुको चौतर्फी व्यक्तित्व विकासमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ।यस किसिमको प्रतियोगिताले महिलाहरुमा रहेका विभिन्न किसिमको क्षमताहरुको पहिचान गरि सामाजिक क्रियाकलापमा अघि बढ्न सहयोग पुग्ने देखिएको छ । मिसेस चितवन २०१९ को अन्तिम प्रतिस्प्रर्धा भने आषाढ २ गते सम्पन्न हुनेछ ।

प्रस्तुति ः जयनसुब्बा मानन्धर