नेपाली फिल्ममा सन्नी लियोनीको यस्तो डान्स (भिडियो)


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० जेठ

पूर्व पोर्न स्टार तथा बलिउ अभिनेत्री सन्नी लियोनीलाई अब नेपाली चलचित्रमा हेर्न पाईने भएको छ । सन्नीले नेपाली चलचित्र ‘पासवर्ड’को सन्नी मेरो नाम…गीतमा निकै कामुक डान्स गरेकी छिन् ।

फिल्म पासवर्डलाई आगामी २७ भदौमा रिलिज गरिने भएको छ । यो चलचित्रको गीत सन्नी मेरो नाम…को भिडियोलाई बिहिबार काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ । करिब दुई करोड खर्च लागेको दाबी गरिएको यो गीतमा कोसरका साथ अभिनेत्री सन्नीले नृत्य गरेकी छिन् । यो गीतको बेलायतमा छायाँकन गरिएको हो । गीतको भिडियोको छायाँकन बेलायतमै गरिएको हो ।

यो गीतमा सन्नीको नृत्य निकै आकर्षक छ । नेपाली चलचित्रमा सन्नीले खेल्ने चर्चा केही अघिदेखि चले पनि निर्देशक सम्राट बस्नेतले सन्नीलाई फिल्म पासवर्डमा समेटेका छन् । यो फिल्ममा सन्नी लियोनीसहित अनुपबिक्रम शाही, बिक्रम जोशी, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, बुद्धि तामाङसहितको मुख्य भूमिका छ ।

यो गीतलाई बिक्रम जोशीले लेखेका हुन् । गीतमा बिक्रमले सन्नीसँगै आफ्नो नाम पनि राखेका छन् । सन्नीले नृत्य गर्ने भएपछि बिक्कीले यो आईटम गीत तयार गरेका हुन् । यो गीतमा अर्जुृन पोखरेलको संगीत रहेको छ । सन्नीले नृत्य गर्ने भएपछि आफुले गीतलाई अन्तराष्ट्रिय स्तरकै बनाएको अर्जुनले दाबी गरे । गीतको शब्द सामान्य भए पनि संगीतलाई आफुले प्रभावशाली बनाएको उनको भनाई थियो । गायिका दुर्गा खरेलको स्वरमा यो गीत रहेको छ ।

फिल्मको कथा अनुसार एउटा अपराधिक अखडामा अभिनेत्री सन्नी नृत्य गर्दै हुन्छिन् । त्यहाँ अभिनेता अनुपबिक्रम शाही, बिक्रम जोशी, रविन्द्र झा लगायत प्रस्तुत हुन्छन् । गीतमा अर्का अभिनेता अनुप बिक्रम शाहीलाई अस्पष्ट भूमिकामा प्रस्तुत गरिएको छ । गीतको कोरियोग्राफी बलिउडका कोरियोग्राफर बिष्णुदेवाले गरेका छन् ।

चलचित्र पासवर्डलाई अमित बस्नेत, हिराल जोशी, अजित थापा, अँकित गौतमसहितले निर्माण गरेका हुन् । फिल्मको प्रिमियरमा अभिनेत्री सन्नी मुम्बईबाट काठमाडौं आउने निर्माणपक्षको दाबी छ ।