ट्यालेन्ट शोमा मिष्टर एण्ड मिस एसईई अफ द इयर


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ जेठ

‘मिष्टर एण्ड मिस एसईई अफ द इयर–२०१९ का प्रतिस्पर्धीहरुले टयलेन्ट शो अन्तर्गत आफुमा निहीत विविध प्रतिभा प्रदर्शन गरेका छन् । रिवन इन्टरटेनमेन्ट प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको मिष्टर एण्ड मिस एसईई अफ द इयर २०१९ का प्रतियोगिहरुले काठमाडौंमा आयोजित ट्यालेन्ट राउण्डमा आ आप्mना प्रतिभा प्रदर्शन गरेका हुन् ।

ट्यालेन्ट शो अन्र्तगत प्रतियोगिहरुले अभिनय, नृत्य, गायन, चित्रकला, वक्तृत्वकला, कविता वाचनलगायतका प्रतिभा प्रदर्शन गरेर निर्णायक तथा अभिभावकको मन जित्ने प्रयास गरेका थिए । आगामी शनिवार राजधानी हुने यो प्रतियोगितामा एसईई दिएर उच्च शिक्षा अध्ययनका लागि प्रतीक्षामा रहेका विद्यार्थीहरु सहभागी छन् ।

पाँचौ संस्करणको यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा छात्रतर्फ रोहन खत्री, सागर मर्हजन, रिजन श्रेष्ठ, अनन्त कंडेल, अंकिस श्रेष्ठ, सुवास सापकोटा र समिर खत्री छन् ।

छात्रातर्पm अन्तिम प्रतिस्पर्धामा प्रिज्मा सापकोटा, स्वर्णा साह, गिताञ्जली श्रेष्ठ, स्वस्तिका सुवेदी, सुहाना न्यौपाने, प्रिया केसी, स्नेहा घिमिरे, प्रिसा गिरी, रिन्छेन तामाङ, काजोल श्रेष्ठ, दिनिसा खत्री, अन्जु श्रेष्ठ, सलिना कट्टेल, लिजा श्रेष्ठ, सन्ध्या मर्हजन, अलिसा श्रेष्ठ, सजना डंगोल, सन्ध्या अधिकारी, सुरेशा श्रेष्ठ, रचना कार्की, प्रस्तुति तिमल्सीना, श्रीयुक्ता भट्टराई, सिम्रन भारती, प्रेरणा मेहता र ऋषिका तामाङ छन् ।

एसईइ दिएर बसेका किशोर किशोरीको व्यक्तित्व र आत्मविश्वास बृद्वीका लागि हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिताका पेजेन्ट निर्देशक निशुकान्त झाले बताए । प्रतियोगिता अश्विनी झाको कोरियोग्राफी रहेको छ ।