मारुनीको जाम्न मायाँमा साम्राज्ञीको ठुम्का


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ जेठ

आगामी १३ भदौबाट रिलिज हुने चलचित्र ‘मारुनी’को डान्सिङ प्रधान गीत जाम्न माया जाम…को भिडियो काठमाडौंमा मँगलबार एक समारोहबीच रिलिज गरिएको छ । भिडियोमा अभिनेत्री नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई हट अबतारमा उतारिएको छ । उनको ठुम्का निकै आकर्षक छ ।

यो गीतको भिडियो अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञीको डान्स छ । गु्रप डान्स युक्त यो भिडियो निकै आकर्षक बनेको छ । गीत पनि पार्टीमा बज्ने शैलीको छ । गीतको भिडियो बलिउड शैलीमा बनाईएको छ ।  सो गीतबारे अभिनेत्री साम्राज्ञीले भनेकी छिन्,‘चलचित्रका कतिपय दृश्य गर्दा मलाई डर पनि लागेको थियो । तर, निर्मात्री पूनम गौतमले राम्रो छ भन्दा काम गर्न हौसला मिल्थ्यो ।’

अभिनेता पुष्प खड्काले गीतको बारेमा भने,‘म पहिलेदेखि नै बलिउडका गीत हेरिरहन्थेँ । उनीहरुको फरक खालको डान्स मुभ आफूले पनि गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । यो गीतको भिडियोमा मैले सानो भएपनि त्यो कोशिश गर्न पाएको छु ।’
यो गीतलाई गायक दिपक बज्रचार्यले गायक हुन् । गीतलाई अर्कै ज्यान दिएको बज्राचार्यले बताए । उनले, चलचित्रमा काम गर्ने मौका पाएको भन्दै कुनै कमीकमजोरी हुन नदिएको बताए ।

यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मारुनी’को यो पहिलो सार्वजनिक गीत हो । दिपक बज्रचार्यको स्वर तथा संगीत रहेको यो गीतमा रिक्की शाक्यको शब्द छ । सार्वजनिक गीत ‘जाम्न माया जाम’लाई क्लबमा छायांकन गरिएको हो । सञ्जय लामाले यसलाई खिचेका हुन् । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् ।

चलचित्रमा राजा प्रधान,दर्शना केसी र मिना क्षेत्रीको सह लगानी छ । फिल्मको मुख्य निर्माता पुनम क्षत्री गौतम हुन् ।