मिमे नेपालको भिडियो बिरुद्ध सिनेकर्मीहरुको सँयुक्त भत्सना


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ जेठ

दुई साता अघि चलचित्र वीर बिक्रम–२ को बिरुद्ध मिमे नेपालले एउटा भिडियो बनाएर टिप्पणी गरेको थियो । सो टिप्पणीको चलचित्र सम्बन्धि सम्पूर्ण संघ संस्थाले सामुहिक विज्ञप्तीमार्फत घोर भत्सना गरेका छन् । नेपाली चलचित्रकर्मीहरुको विभिन्न संघ संस्थाका अध्यक्षहरुको बुधबार चलचित्र विकाश बोर्डमा सँयुक्तरुपमा बैठक बस्यो । सो बैठकले सँयुक्त बिज्ञप्ती जारी गर्दै सो भिडियो सहित मिमे नेपालको कार्यको घोर भत्सान गरेको हो । उनीहरुले मिमे नेपाल बिरुद्ध कारवाहीको माग पनि गरेका छन् ।

सो विज्ञप्तिमा यस्तो लेखिएको छ,‘युट्युभ च्यानल मिम नेपालबाट प्रसारण÷संप्रेषिण गरिएकोे नेपाली चलचित्र वीर विक्रम २ को विषयवस्तु र कलाकारहरुको विषयमा प्रस्तुत गरिएको टिकाटिप्पणी र अभिव्यक्तिबाट उत्पन्न भएको परिस्थिति र यसले सिङ्गो नेपाली चलचित्र क्षेत्रमा पर्नसक्ने असर र प्रभावका वारेमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अभिव्यक्ति स्वतन्त्रताको एवं स्वतन्त्रत प्रेसको हामी सदैव सम्मान गर्दछौं । संविधानले नै सुनिश्चितता गरेको प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संविधान र कानूनले त्यसको सिमा र परिधि निर्धारण गरेको कुरा हामी सवैमा विदितै छ । कुनैपनि विषयवस्तुका वारेमा मर्या्दित रूपमा राम्रो र नराम्रो पक्षको चित्रण गर्नु सबैको अधिकार र संवैधानिक हक रहन्छ तर त्यसो भन्दैमा कुनै व्यक्ति विशेषमाथी आग्रह पुर्वाग्रह भई व्यक्तिगत लाभलाई मानक मानी अनर्गल गाली बेइज्जती गर्ने, अभिव्यक्ति स्वतन्त्रताको आडमा यसको मूलमर्म र सिद्धान्त विर्सेर संविधानले ग्यारेन्टी गरको व्यक्तिको बैयत्तिक स्वतन्त्रता र चरित्रमाथि प्रहार गर्ने अधिकार र छुट कसैलाई हुँदैन ।’

बिज्ञप्तीमा अगाडि लेखिएको छ,‘संविधानले सुनिश्चीत गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई चलचित्र क्षेत्र सधै सम्मान गर्दछ । तर अभिव्यक्ति स्वतन्त्रतालाइ ढाल वनाएर कुनै संस्था वा व्यक्तिको सार्वजनकि चरित्र हरण गर्नु, आर्थिक पाटोलाई ध्येयमा राखी स्वर्थ सिद्धको लागि यस्ता प्लेटफर्मको गलत प्रयोग गर्नु आफैमा निन्दनीय कार्य हो । समाजको रूपान्तरणका लागि चलचित्रको महत्व, गरिमा र यसका वहुआयमिक प्रभावका वारेमा सबै सचेत नागरिक जानकार रहेका छन् ।’

बज्ञप्तिको अन्त्यमा लेखिएको छ,‘चलचित्रक्षेत्र एउटा विशुद्ध मनोरन्जनको क्षेत्र मात्र नभई यसले राष्ट्रको सार्वभौमिक्तालाई अक्षुण राख्ने, समाजका विकृती, विसंगतीलाई उजागर गर्दै समाजमा घट्ने हरेक घटनाहरूलाई आम जनमानसमा प्रस्तुत गर्दै आफ्ना मौलिक भाषा, कला, साहित्य, संस्कृती र भेषभुषालाई संरक्षण एवम् संबद्र्धन गर्ने स्वदेशी चलचित्र उपर कुदृष्टी, वैरीभाव एवम् पुर्वाग्रहीभई पत्रकारिताको धर्म, मर्म, मूल्यमान्यता र नैतिक धरातललाई विर्सेर वीर विक्रम २ माथी भएको / गरिएको अन्यायका वारेमा चलचित्र क्षेत्रको गम्भिर ध्यानाकर्षण भएको छ र यस्ता प्रकृतिका कार्यको घोर भत्सर्ना गर्दछ । नेपाली चलचित्रको समग्र विकास, विस्तार, संरक्षण एवम् प्रवद्र्धनका लागि चलचित्र पत्रकार, चलचित्रकर्मी लगायतका यस क्षेत्रसँग प्रत्यक्ष र परोक्ष रूपमा सरोकार राख्ने सवै निकायहरुको साथ र सहयोग अपरिहार्य रहेकाले हामी सवैसँग विवादरहित ढङ्गबाट हातेमालो गर्दै अगाडी बढ्न चाहेको यसै प्रेस विज्ञप्ती मार्फत सबैमा अनुरोध गर्दछौं ।’