निर्माण हुँदै चलचित्र पायल


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ जेठ

चलचित्र ‘पायल’ निर्माण हुने भएको छ । फाल्गुनन्द लिङ्देन फिल्म्स्ले निर्माण गर्न लागेको पायलको काठमाडौंमा शुभसाइत गरिएको छ ।

सुमित लिङ्देन र सुदिता लिङ्देन प्रस्तुतकर्ता रहेको यो फिल्मको राजधानीमा सोमबार एक कार्यक्रमकाबीच शुभसाइत गरियो । फिल्मका लेखक तथा निर्देशक दिनेश लिङ्देनले समाजमा घटिरहेका विद्यमान आपराधिक घटनाहरूलाई समेटेर थ्रिलर फ्लेभरको फिल्म बनाइने बताए ।

कविता राई लिङ्देनको लगानी रहने फिल्ममा रिया श्रेष्ठ, ध्रुव न्यौपाने, राजकुमार लिङ्देन नरेन्द्र सेन्दाङ, राजु घिमिरे, उदय सुब्बा, हस्त लिवाङ, दिलिप ठकुरी, आर पि दाहाल, अर्मान खान र एन्जिस प्रसाईंको मुख्य भूमिका रहनेछ ।
पायलका लागि नवनायक नरेन्द्र सेन्दाङ अमेरिकाबाट नेपाल आएका छन् । सेन्दाङ निजी व्यावसाय गर्दै विगत १५ वर्ष देखि अमेरिकामा बस्दै आएका छन् । उनकै पहलमा नेपालअघि फिल्मलाई हङकङ, अमेरिका, सिंगापुर, बेल्जियम प्रदर्शन गरिनेछ ।

आगामी शुक्रबारदेखि छायांकन सुरु हुने फिल्म उपत्यका लगायत पूर्वको केहि ठाउँमा छायांकन गरिनेछ । फिल्ममा विकास चौधरीको संगीत, ज्ञानु राईको छायांकन, कुमार श्रेष्ठको द्वन्द्व, दिनेश माङ्मुको नृत्य रहनेछ ।