ट्यालेन्ट शोमा मिस टिन एसइइ २०१९


ब्युटी न्युज नेपाल
काठमाडौं, २७ जेठ

पाँचौ संस्करणको मिस टिन एसइइ २०१९ का स्पर्धीहरुले प्रतियोगिता अन्र्तगको ट्यालेन्ट शोमा आ आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् ।  प्रतिस्पर्धी सुन्दरीहरुले अभिनय, नृत्य, गायन, चित्रकला, वक्तृत्वकला, कविता वाचनलगायतका प्रतिभा प्रदर्शन गरेर निर्णायक तथा अभिभावकको मन जित्ने प्रयास गरेका थिए ।

आयोजक संस्थाकी अध्यक्ष पुजा निरौलाका अनुसार यो ट्यालेन्ट शोबाट मिस ट्यालेन्टलगायत अन्य उपउापधि विजेता चयन गरिनेछ र यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिनेछ । यो प्रतियोगितामा बालकृष्ण पोखरेल निर्देशन र अश्विनी झा कोरियोग्राफर रहेका छन् ।

स्टार वान इन्टरटेनमेन्ट प्रालिको आयोजनामा आगामी ३२ जेष्ठमा राजधानीको जमलस्थित राष्ट्रिय नाचघर हुने मिस टिन एसईईका प्रतिस्पर्धीहरुले आफुमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका छन् ।

प्रतियोगितामा सिम्रन शाही ठकुरी, समिका काफ्ले, कशिस जैसवाल, प्रिती गिरी, अस्मिता श्रेष्ठ, कृतिका केसी, जस्मिन सुनार, कृष्टिलिना स्थापित, बबिना खड्का, अनुष्का घिमिरे, अभिना केसी, अन्जु श्रेष्ठ छन् ।

यस्तै प्रियस्का खड्का, सुबिधा अधिकारी, कृपा गुरुङ, सरिता रुवाली, कृतिका श्रेष्ठ, युनिका बस्नेत, युनिसा पुन, श्रुती पौडेल, स्वीकृती पराजुली, कृती सिम्खडा, सोफिया प्रसाईं, सिम्रन देव, सेलिना जोशी र लिना तामाङले पनि उपाधीको लागि प्रतिस्पर्धा गर्दैछन् ।