ब्राईडल मेक अपमा सुष्मा खोजु प्रथम


ब्युटी न्युज नेपाल
काठमाडौं

ब्राईडल मेकअप कम्पिटिसनमा भक्तपुरकी व्युटिसियन सुष्मा खोजु उत्कृष्ट भएकी छिन् । आफ्ना १४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी प्रथम भएकी हुन् । उनले सो कार्यक्रममा ट्रफीसँगै २० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरिन् ।

यस्तै सो प्रतियोगितामा प्रतीक्षा कर्माचार्य द्धितीय अर्थात फस्ट रनरअप भईन् । उनले ट्रफी र प्रमाणपत्रसँगै १५ हजार रुपैयाँ प्राप्त गरिन् ।

सोही कार्यक्रममा प्रियँका राई तेश्रो तथा सेकेन्ड रनरअप भईन् । व्युटिसियन राईले १० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पनि प्राप्त गरिन् । सो प्रतियोगिताको आयोजना ब्युटी सेक्रेट व्युटी सलुन खिचापोखरी र बस्टर मिडियाले गरेको थियो ।
सो प्रतियोगितामा बेस्ट हेयर स्टाईलको उपाधि अनिषा कुमारी शाह जितिन । बेस्ट मेकअपको उपाधी रश्मी शाक्यले प्राप्त गरिन् ।

संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सो कार्यक्रममा बिजेताहरुलाई पुरस्कार प्रदान गरे । उनले ब्युटिसियन पेशाको महत्व र व्यक्ति विकाशमा ल्याउने निखारबारे कार्यक्रममा चर्चा गरे । 

योे प्रतियोगिताको निर्णायकमा बरिष्ट ब्युटिसियन डा. राजश्री श्रेष्ठ, बरिष्टहरु ब्युटिसियन सोनी कारंजित, रुस्का बैध श्रेष्ठ, सोनम गुरुङ र मिडियाकर्मी सूर्य चन्द थिए ।

ब्युटी सेक्रेटकी अध्यक्ष एबं सो कार्यक्रमकी आयोजक तथा बरिष्ट व्युटिसियन सुमित्रा रंजितकारले ब्युटिसियनहरुको कला विकाश र प्रस्तुतिका लागि यो प्रतियोगिता आयोजना गरिएको बताईन् ।