कलाकार संघमा रबिन्द्र खड्काको प्यानल बिजयी


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ जेठ

नेपाल चलचित्र कलाकार संघको शनिबार बेलुका काठमाडौंको महेन्द्र पुसिल क्लबमा सम्पन्न पदाधिकारीको निर्वाचनमा अभिनेता रबिन्द्र खड्का अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १७ औं साधारण सभा तथा निर्वाचन अधिवेशनबाट रबिन्द्र खड्कासहित उको प्यानल तीन वर्षका लागि बिजयी भएको हो । अभिनेत्री सरिता लामिछानेको प्यानलबाट एक उपाध्यक्ष बाहेक बाँकी सबैले पराजय ब्यहोर्नु पर्यो ।

संघको अध्यक्षमा रबिन्द्र खड्काले २१८ मत ल्याएर बिजय हाँसिल गर्दा उनको प्रत्यक्ष एवं अभिनेत्री सरिता लामिछानले १६१ मत मात्र प्राप्त गरिन ।

संघको उपाध्यक्षमा अभिनेत्री रेजिना उप्रेती सबै भन्दा बढी २४३ मत ल्याएर बिजयी भईन् । यस अघि पनि संघको उपाध्यक्ष रहेकी रेजिनाले बाँकी तीन उपाध्यक्षका उम्मेदवारलाई पछि पारिन् ।

दोश्रो नम्बरमा रहेका सानुकुमार ताम्राकारले १७५ मत ल्याई उपाध्यक्षमै जिते । उपाध्यक्षका बाँकी दुई उम्मेदवार कलाकार मनोज केसी र बिनोद भट्टराईले उपाध्यक्षमा बिजय प्राप्त गर्न सकेनन् । उपाध्यक्षमा जितेका ताम्राकार मात्र लामिछानेको प्यानलका हुन् ।

यस्तै कलाकार संघको महासचिबमा १८७ मत ल्याई चेतबहादुर सिंह (राजा) बिजयी भएका छन् । सिंह यस अघि संघको सचिब थिए । उनका प्रतिद्धन्दी अभिनेता संजय खतिवडाले १५६ मत प्राप्त गरे ।

यस्तै संघको सचिबमा अभिनेत्री पनाह अधिकारी १९४ मत ल्याएर बिजयी भईन् । उनकी प्रतिद्धन्द्धी हाँस्य अभिनेत्री कविता शर्माले जम्मा १६९ मत मात्र प्राप्त गरिन् ।

संघको सह कोषाध्यक्षमा आफ्नो प्रतिद्धन्द्धी धनबहादुर बमजन (डिबी)लाई पराजित गर्दै २२० मत ल्याएर अभिनेत्री पवित्रा आचार्य बिजयी भईन् । यस्तै संघको कोषाध्यक्षमा सुनिल खड्का निर्विरोध निर्वाचित भएका छन् ।

संघको १० जना केन्द्रिय सदस्यका लागि सम्पन्न निर्वाचनमा १७ जनाको उम्मेदवारी परेको थियो । जसमा अभिनेता सितल केसीले सबैभन्दा बढी २३८ मत ल्याएर बिजय हाँसिल गरे । बाँकी सदस्यहरुमा हास्य अभिनेताहरु गोपाल ढकाल (छन्दे)ले २२७ मत, अभिनेता जयकिसन बस्नेतले २०९ मत, अभिनेत्री एवम् निर्माता सारदा नेपाल (गीता)ले २०४ मत, कलाकारहरु धनराम केसी (मुस्कान)ले १९५ मत, उद्धब भट्टराईले १८५ मत, पवनप्रसाद खतिवडाले १७६ मत, जीवन थापा १७५ मत, अभिनेता रोहित रुम्बाले १७१ मत र धर्मानन्द आचार्य (धर्मेन्द्र)ले १७० मत ल्याई सदस्यमा जित हाँसिल गरे ।

मत परिणम प्राप्त भएपछि संघको यस अघिका तदर्थ समितिका संयोजक नीर शाह र निर्वाचन अधिकृतहरुले अध्यक्ष रविन्द्र खड्कासहितको नयाँ कार्यसमितिलाई सपथ ग्रहण सहित पदभार ग्रहण गराए ।