कलाकार संघको अध्यक्षमा रबिन्द्र र सरिता जुधे


ब्युटी न्युज नेपाल
काठमाडौं, २० जेठ

नेपाल चलचित्र कलाकार संघको यही २५ जेठमा निर्वाचनको तयारी हुँदै छ । सो निर्वाचनका लागि अध्यक्ष पदमा दुईजनाको उम्मेदवारी परेको छ ।

संघका पूर्व अध्यक्ष रबिन्द्र खड्का र यस अघिकी महासचिब सरिता लामिछानेको अध्यक्षमा उम्मेदवारी परेको हो । लामिछानेको उम्मेदवारी बिरुद्ध संघमा उजुरी परेको छ । सो विषयमा छानविन जारी रहेको निर्वाचन अधिकृत राजेन्द्र सभलले बताएका छन् ।

अहिले संघको उपाध्यक्षमा रेजिन उप्रेती, सानुकुमार ताम्राकार, विनोदकुमार आचार्य र मनोज केसीले उम्मेदवारी दिएका छन् । महासचिवमा चेतबहादुर सिंह र सञ्जय खतिवडाले, सचिवमा कविता गेलाल (शर्मा), राजकुमार शाह र पनाह अधिकारीले उम्मेदवारी दिएका छन् ।

संघको कोषाध्यक्षमा सुनिल कटवालको मात्र उम्मेदवारी परेको छ । यस्तै सहकोषाध्यक्षमा धनबहादुर बमजन र पवित्रा आचार्यले उम्मेदवारी दिएका छन् । कलाकार रामेश्वर वुर्लाकोटीले सह कोषाध्यक्षमा उम्मेदवारी दिन जाँदा डिबी बमजनले संघको प्रवेशद्धारामा राखेका केटाहरुलाई आफुमाथि हातपात गरेपछि उम्मेदवारी दिन नसकेको बुर्लाकोटीले बताएका छन् । बुर्लाकोटीले बमजनबिरुद्ध महानगरीय प्रहरी बृत्त कमलपोखरीमा उजुरी दिएका छन् । सो बिषयमा प्रहरीले छानविन गरिरहेको छ ।