मारुनीको फस्ट लुक्समा पुष्प र साम्राज्ञीको प्रेम


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ जेठ

१३ भदौबाट रिलिज हुने भनिएको चलचित्र चलचित्र ‘मारुनी’को फस्टलुक सार्वजनिक भएको छ । नवल नेपालले निर्देशन गरेको चलचित्रको फस्ट लुक्सको रुपमा दुई ओटा पोष्टर सार्वजनिक गर्दै यसको लुक्स देखाइएको हो ।

चलचित्रको फस्टलुकमा मुख्य कलाकारद्धय नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्कालाई देखाइएको छ ।चलचित्र मारुनीको कथावस्तुको बिषयमा अहिलेसम्म यसको निर्माणपक्षले केही पनि बोलेको छैन । तर, चलचित्रको फस्टलुक हेर्दा यो चलचित्रले प्रेमको कथा बोल्ने वुझ्न सकिन्छ ।

चलचित्रमा नायिका रेविका गुरुङको पनि मुख्य भूमिका छ । चलचित्रमा राजु प्रधान, मिना क्षेत्री र दर्शना केसीको सह–लगानी छ । यो चलचित्रलाई संजय लामाले खिचेका हुन् ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई पूनम गौतमले निर्माण गरेकी हुन् । चलचित्रको फस्टुलक सार्वजनिक भएसँगै यसलाई लिएर दर्शकमा कौतुहलता बढ्ने विश्वास निर्माता पूनमको छ ।