फूलमानका कवितामा झुमे दर्शक


 ब्युटी न्युज नेपाल
काठमाडौं, १७ जेठ

कवि गीतकार, पत्रकार एवम् चलचित्र निर्देशक फुलमान बलले आफ्ना प्रभावशाली कविताबाट दर्शकको मन जितेका हुन् । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले आयोजना गरेको ‘स्रष्टा र सिर्जना’को चौधौं श्रृंखलामा कबि बल आफ्ना एक दर्जन कविताका साथ प्रस्तुत भएका हुन् ।

कार्यक्रममा उनले प्रस्तुत गरेको कविता ‘महाभारतकी मैंच्याङ’मा उनी भन्दै थिए,‘चुरो भावर क्षेत्रबाट ठिक माथि पर्छ महाभारत पर्वत श्रृंखला । तामाङ समुदायको घना बसोबास रहेको काभ्रे, सिन्धुली र मकवानपुरको महाभारत क्षेत्रमा पछिल्लो समय के कस्तो सामाजिक–सांस्कृतिक परिवर्तन आइरहेको छ ?’

उनले महाभारतकी मैंच्याङ कवितामा यसरी तामाङ समाजको सांस्कृतिक विम्बहरुको प्रयोग गरे । उनले ‘आजका मान्छे’बाट कविता बाचन सुरु गरे ।  यसपछि कवि बलले तीब्र बजारीकरणले जनजीवनमा पारेको असर, ‘शीतलहर’मा तराईको कथा, ‘दोस्रो जुनी’मा तामाङ समाजको अ“ध्यारो इतिहास, ‘बुद्धस“ग जम्काभेट’मा श्रमजीविहरुको व्यथा प्रस्तुत गरे ।

यस्तै गत वर्ष राष्ट्रिय कविता महोत्समा प्रथम भएको कविता ‘इन्द्रेणी गीत’ सुनाएर उनले दर्शकको मन जिते । उनले यो कवितामा सह–अस्तित्वमुलुक समाजको परिकल्पना अभिव्यक्त गरे ।

कवि बलले ‘निद्रा’ मा गाउ“ र शहरबिचको तुलना ‘भुइ“चालो’ शिर्षकको कविता आदिवासी चेतना प्रस्तुत गरे । ‘बाग्मतीको आत्मलाप’मा काठमाडौं उपत्यकाको वैकल्पिक सोच, ‘भ्यालेन्टाइन्स डेको जुन’मा प्रेमको नाममा हुने शोषण पनि उनले कविता मार्फत दर्शाए ।

कवितामाथि समिक्षा गर्दै वासुदेव अधिकारीले वलका कवितामा तामाङ समाजको सजीव चित्रण भेटिने बताए । अधिक विम्वको प्रयोगले केही कविता भने क्लीष्ट बन्न पुगेको उनले टिप्पणी गरे ।  एक कथासंग्रह, एक कविता संग्रह र दूई नाट्य कृति बजरमा ल्याएका बलका सर्जन वलका कवितामा सौम्य र सालिन व्रिदोही चेतना पाइने लेखक एवं राजनीतिकर्मी रघुजी पन्तले बताए ।

वलका सिर्जना र व्यक्तित्वमाथि संस्कृतिविद खगेन्द्र राई, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, कवि अनिल पौडेल, खेम नेपाली, कवि अनिता लामा लगायतले प्रकाश पारे ।