आफ्नै कथामा हिरालको ‘हिरा रत्न’ उपन्यास


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ जेठ

पेशाले लेखक हैनन् हिरादेबी तन्डुकार । तर उनीसँग प्रेमका असिम अनुभवहरु छन् । रत्नबहादुर तन्डुकारलाई उनले जहिलेबाट भेटिन् । रत्नसँग उनको त्यहिबेलादेखि प्रेम सम्बन्ध जोडियो ।

प्रेम यती गाढा भयो की उनीहरुले संसारलाई विर्सेर एकले अर्कालाई अपार मायाँ गरे । जो पहिले मरेपनि बाँचेकाले आफ्नो देहत्याग गर्ने कसम समेत खाए । उनीहरु एक अर्का बिना बाँच्नै नसक्ने भए । त्यसैले आफुहरुलाई चिनाउने क्रममा उनीहरुले हिरारत्न भन्दै आए ।

तर समयको खेलले यी दुईको साथ टुट्यो । आधा दशक अघि रत्नबहादुर बिते । अन्तत आफुले अथाह मायाँ गरेको श्रीमानलाई दिनदिनै सम्झेर हिराले समय बिताईन् । आफुहरुको असिम प्रेमलाई उनले पुस्तकमा उनीन र त्यो जवनपरक उपन्यासको नाम दिईन,‘हिरा रत्न’ ।

हिरारत्न चलचित्र मन्दिरकी निर्देशक हिरादेबी तन्डुकारले नयाँ उपन्यास ‘हीरा–रत्न’ सृजनाको कथा हो यो । यो उपन्यास उनले पाठकमाझ ल्याएकी छिन् ।

कार्यक्रममा बोल्दै उपन्यासकार हिरादेवीले भनिन्,‘हामी एक अर्कालाई असिम मायाँ गथ्र्यौ र पहिला म बिते भने उहाँ पनि आत्महत्य गर्छु भन्नु हुन्थ्यो । तर दैवको खेल, उहाँ पहिला बित्नु भयो र मैले उहाँको चाहना पुरा गर्दै गएकी छु ।’ उनले अगाडि थपिन्,‘हामी दुईको प्रेम पनि उदाहरणीय भएको र हाम्रो प्रेमले अरुले पनि केही सिकुन भनेर हाम्रो प्रेम कथालाई उपन्यासको रुपमा ल्याएकी हुँ ।’

घोष्ट राईटिङ नेपालका अध्यक्ष कमल ढकालले हिरा र रत्नको प्रेम कथा मुनामदन भन्दा कम नभएको जिकिर गरे । आफुहरुको प्रेमकथालाई बास्तविक रुपमा उतारेर हिराले यो जीवनपरक उपत्यास ल्याएको पनि ढकालले बताए । आफुहरुले व्यक्तित्व प्रकाश गर्दै आएकोमा हिरा र रत्नको प्रेम कथा र जीवन संघर्ष पनि त्यतिकै रोचक भएकाले यो पुस्तक प्रकाशन गरिएको बताए ।

पूर्व अर्थमन्त्री एवम् गीतकार शँकरप्रसाद (एसपी) कोईराला, घोष्ट राईटिङका अध्यक्ष कमल ढकाल र लेखक हिरादेबी आफैंले काठमाडौंमा एक समारोहबीच बुधबार यो उपन्यास बिमोचन गरे ।

हिरा रत्न हलको उद्घाटन समारोहमा आफुले चिनेको रत्नबहादुर तन्डुकार अत्यन्त सरल व्यक्तित्व धनि भएको पत्रकार डब्बु क्षेत्रीले बताए । यो उपन्यासलाई पत्रकार क्षत्रीले अर्को मुना मदनको उपमा दिए ।

कार्यक्रममा पूर्व अर्थमन्त्री एसपी कोईरालाले रत्नबहादुर तन्डुकार अत्यन्त परिश्रमिक व्यक्ति भएका स्मरण गरे । आधा दशकअघि दिवँगत भएका तन्डुकारलाई यो पुस्तकले युगौंसम्म जिवित राख्ने विश्वास उनले व्यक्त गरे । सिनेमा हल खोलेर चलचित्रको विकाशमा योगदान पु¥याएका रत्नबहादुरले नेपालीको जलबिधुत परियोजनामा पनि लगानी गरेर जलबिधुतको बिकाशमा योगदान दिएको पनि कोईरालाले प्रकाश पारे ।