ब्युटी न्युज नेपाल
काठमाडौं,

कस्मेटिक कम्पनी बेदिक लाईनद्धारा काठमाडौंमा एक दिने व्युटी सेमिनार आयोजना गरिएको छ । एकता कन्सर्न ज्ञानेश्वरका कस्मेटिक व्यबसायी राजेश जायन र मुनेश जायनले शनिबार काठमाडौंको पुरानोबानेश्वर स्थित सिद्धार्थ फुडल्यान्डमा एक दिवसीय व्युटी तथा प्रोडक्ट सेमिनार आयोजना गरेका हुन् ।

‘वान डे बेदिक लाइन सेमिनार’मा भारतको दिल्लीबाट बेदिक लाईन स्किन मास्टरकी सिनियर एक्जिक्युटिभ टेक्निसियन (बरिष्ट कार्यकारी प्राविधिक) मिनाक्षी अरोरा आएकी थिईन् । सो एक दिवसीय समेनिरमा मिनाक्षीले भेडिक लाईनका उत्पादनहरुको प्रयोग सहित सेमिनार गरिन् ।

मिनाक्षीले सो सोमिनारमा बेदिक लाईनको उत्पादनमार्फत स्किन सम्बन्धि विभिन्न प्रशिक्षण दिईन् । उनले आफ्नै कम्पनीको उत्पादनको प्रयोग देखाउँदै हेयर सम्बन्धि पनि प्रशिक्षण दिईन् । बेदिक लाईन कम्पनीको कस्मेटिक सामानको प्रयोगबारे उनले कार्यक्रममा थप प्रकाश पारिन् ।

 


सो कार्यक्रममा सिनियर व्युटिसियनहरु सुमित्रा रँजित, सोनी कारँजित, सुलोचना श्रेष्ठ, लक्ष्मी महत, शशी शाह, अस्मिता श्रेष्ठलगायतका अतिथि थिए ।

सो सेमिनारमा बेदिक लाईनकी ब्रान्ड एम्बेस्डर तथा सिनियर ब्युटिसियन रुस्का बैध श्रेष्ठले भेदीक लाईन स्किन मास्टरको स्किन सम्बन्धि उत्पादनबारे जानकारी गराईन् । नेपालमा यो उत्पादन आधा दर्शकदेखि प्रयोग हुँदै आएको र यसलाई सबैले मन पराएको पनि उनले बताईन् । बेदिक लाईनको स्किन केयर जस्तै हेयर ट्रिटमेन्ट सम्बन्धि उत्पादन पनि निकै स्तरीय भएको पनि रुस्काले बताईन् ।

सो एक दिबसीय समिनारमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, पनौती, धुलिखेल, नारायणघाट, हेटौंडा सहित विभिन्न शहरका १५० जना व्युटिसियन सहभागी थिए ।

प्रकाशन मिति – २०७२ जेठ १२