१७ जेठबाट आउँदै चलचित्र काउसो


ब्युटी न्युज नेपाल

काठमाडौं, ११ जेठ

चलचित्र ‘काउसो’ १७ जेठबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने यसका निर्देशक मदन घिमिरेले जानकारी गराएका छन् । घिमिरेका अनुसार यो फिल्मको सबै काम सकिएको छ ।  अर्नभ फिल्मस प्रोडक्सनको प्रस्तुति रहेको काउसोमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, नबिन आचार्य, सुरेन्द्र चापागाई, सन्नी भट्टराई, सोनीका बास्तोला, उग्रसेन ढुंगाना, अनु पराजुली, असिम तिमल्सिनासहितको अभिनाय छ ।

काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै निर्देशक घिमिरेले फिल्म तयारी भएको बताएका हुन् । चलचित्रका नायक सविन श्रेष्ठले यो फिल्ममा आफु हास्य प्रधान एक्सन भूमिकामा प्रस्तुत भएको बताएका छन् । दर्शकले बिगतका फिल्म भन्दा काउसोमा आफुलाई फरक भूमिकामा देखिने सविनको कथन छ ।

अर्का कलाकार ए गुरुङले पनि यो फिल्मबाट आफुले दर्शकलाई मज्जाले हँसाउने जिकिर गरेका छन् । यो चलचित्रका निर्देशक घिमिरेले आफ्नो सिनेमा मनोरंजन प्रधान छ भने । ‘चलचित्र काउसोलाई दर्शकलाई मज्जाले हँसाउँछ नै, हामीले फिल्म मार्फत केहि भन्न पनि खोजेका छौ ।’ आफ्ना बिगतका सिनेमा भन्दा काउसो फरक बनेको पनि उनले दाबी गरे ।

यो चलचित्रको प्रस्तुतकर्ता अर्नभ बस्नेत र निर्माता राजेन्द्र बस्नेत, सिताराम तिमल्सिना ज्याक, भगवान खत्री हुन् । चलचित्र उपत्यका भित्र बिके फिल्मस र उपत्यका बाहिरको लागि एफडी कम्पनीले बितरण गर्ने भएको छ ।

चलचित्रमा संगीत बिकास चौधरीको, द्धन्द्ध निर्देशन शंकर महर्जनको, नृत्यमा बिक्रम स्वारको, छायाँकन रामेश्वर हुमागाईको, सम्पादन नबिन निरौलाको प्रोडक्सन डिजाईनर सुर्य बुढाथोकीको रहेको छ ।