ब्युटी न्युज नेपाल
ललितपुर, १० जेठ

गीतकार अग्निप्रसाद केदम लिम्बुको गीति एल्बम सिटिजन युके सार्वजनिक गरिएको छ । ललितपुरमा एक समारोहबीच शुक्रबार गीतकार डा. कृष्णहरि बरालसहित डा. कृष्णहरि बराल, सङ्गीतकार महेश खड्का, गायक दीपक लिम्बु, गीतकार अग्निप्रसाद केदम लिम्बु, रेडियोकर्मी बिनोदध्वज खड्कालगायतले एल्बम विमोचन गरे ।

अग्निप्रसादको एकल रचना रहेको गीतको एल्बमका सबै गीतमा दीपक लिम्बुको स्वर र महेश खड्काको सङ्गीत रहेको छ । एल्बमका गीतमा अशोक लोहारुङ राई, अमोश तामाङ, बादल लिम्बु र सबिन लिम्बुको सङ्गीत संयोजन रहेको छ ।

एल्बममा सिटिजन यूके…, कोखबाट जन्म पाउँदा…, बोली बचन सुनजस्तो…, यात्रा लामो घुम्तीको…, तिमीले नै जिन्दगीको… जस्ता पाँच गीत समावेश छन् ।