यी २५ युवतीमा को बन्लाा प्रेम गीत ३ को नायिका ? 


ब्युटी न्युज नेपाल

काठमाडौं, १० जेठ 

चलचित्र ‘प्रेम गीत’ को सिरिज ‘प्रेम गीत ३’ मा मुख्य अभिनेत्री बन्नका लागी आबेदन प्राप्त २ हजार ७ सय १४ युवतीबाट उत्कृष्ट २५ को सूची निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको छ ।

निर्माता तथा निर्देशक सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठ लगायतको टिमले फोटोग्राप्सबाट सो सूची तयार गरेको निर्माण संस्था आसुसेन फिल्म्सले जनाएको छ ।

यी २५ बाट अभिनेत्री अर्थात चलचित्रको ‘गीत’ पात्रका लागि एक जना छनौट गरिने निर्माता सेनले जानकारी गराएका छन् । छनौट गर्न लागिएकी युवतीबाट चलचित्रको भित्रको पात्रको चरित्र, लुक्स, उचाई, अभिनय शैली, सुन्दरता लगायतलाई ध्यान दिइने पनि निर्माता सेनले बिज्ञप्ती मार्फत जनाए ।

‘प्रेम गीत’ मा प्रदीप खड्कासँग पूजा शर्मा र ‘प्रेम गीत २’ मा अश्लेषा ठकुरीले गीतको भूमिका निर्वाह गरेका थिए । प्रेम गीत ३ मा नव अभिनेत्री लिनकै लागि अडिसन लिईएको निर्माण पक्षले जनाएको छ ।

‘यी २५ मा इच्छुलाई आसुसेन टिमले फोन सम्पर्क गरेर बोलाउनेछ, उनिहरुबाट एक जनालाई क्षमता, रुप, उचाई, सुन्दरताको मापन गरेर गीतको चरित्रमा चयन गरिने छ ।’ बिज्ञप्तीमा उल्लेख छ ।

प्रेम गीत ३ आगामी २८ चैत्रमा रिलिज गरिने छ । यो फिल्मको मुख्य नायकको प्रदीप खड्का रहेका छन् ।