म्युजिक भिडियोमा भद्रगोलका कलाकारसँग शिक्षा


ब्युटी न्युज नेपाल
काठमाडौं, १० जेठ

हास्यब्याँग्य टेलीसृँखला भद्रगोलका चर्चित चार पात्रहरु बले (सागर लम्साल), कक्रोज ( हरिश निरौला), सिते बा ( मधुसुदन पाठक) र खुपीका बाउ (कमलमणि नेपाल)ले एकैसाथ एउटै म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

शँकर थापा र बिजयन्ता अधिकारीले सँयुक्त गाएको गीत क्याल्कुलेटर…को भिडियोमा यि चारै जना हास्य कलाकारहरुको नृत्य छ । टिक टकबाट आफुलाई चिनाउन सफल शिक्षा सँग्रौलाले यो भिडियोमा यी चार कलाकारको नायिकाको रुपमा अभिनय गरेकी छिन् ।

यो गीतको भिडियोलाई गम्भिर बिष्टले नृत्य निर्देशन हुन् । शँकर थापाकै सँगीत रहेको गीतको भिडियो नृत्य प्रधान बनेको छ । गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । यो भिडियोलाई शिशिर भण्डारीको युटुब च्यानल नयाँ नयाँ न्युज नेपालबाट रिलिज गरिएको छ ।