कप्सको पोष्टरमा एक्सन कथा


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ जेठ

आगामी १७ जेठबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र ‘कप्स’ (सत्य सेवा सुरक्षणम्) को अफिसियल पोष्टर (फस्ट लुक्स) बिहिबार रिलिज भएको छ । 

फिल्मको दुई ओटा पोष्टर रिलिज गरिएको छ । जस मध्य सिक्स सिटर पोष्टरमा फिल्मका चार मुख्य कलाकार अभिनेता अनुप बिक्रम शाही, नव अभिनेत्री सन्दिपा लिम्बु, अनुपमाा भण्डारी र अमित गिरी समेटिएका छन् । जसमा अनुप डिएसपीको रुपमा र संदीपा घाईते युवतीको रुपमा छन् ।

अर्को थर्टी बाई फोर्टीको पोष्टरमा अनुपमा, सन्दिपा, अमित, रामराज क्षत्री र सम्राट शाक्य छन् । एक्शन तथा लभस्टोरी कथा मिश्रित चलचित्र कप्समा अनुप बिक्रम शाही प्रहरी नायब उपरिक्षकको भूमिकामा छन् । यस चलचित्रमा अभिनेता शाहीले डीएसपी अमन सिंहको भूमिका निर्वाह गरेका छन् । अनुप प्राय खल पात्रको भूमिकामा देखिँदै आएका थिए भने यस चलचित्रमा भने एक सच्चा प्रहरी अफिसरको रुपमा छन् । सत्य सेवा सुरक्षणम् नारा बोकेको यो फिल्ममा अपहरणकारी, भ्रस्टाचारी, गुन्डागर्दी बिरुद्धको कथामा केन्द्रित छ ।

यो चलचित्रमा अग्रज कलाकार सम्राट सापकोटाको निर्देशनसँगै लेखन रहेको छ । यो उनको यो डेब्यु निर्देशन फिल्म हो । तीन दशक लामो फिल्मी यात्राको अनुभव समेटेर उनले निर्देशनमा हात हालेका हुन् ।  अनुपसँगै यो फिल्ममा सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदी लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्म आर्या मुभिज र सारा श्री मुभिजको संयुक्त व्यानरमा निर्माण भएको हो । यो चलचित्रलाई राम शाक्यले निर्माण गरेका हुन् । कप्समा सुसन प्रजापतिको छायाँकन, बिजय घिमिरेको संगीत, कविराज गहतराजको नृत्य, बिपिन मल्लको सम्पादन रहेको छ ।