ब्युटी न्युज नेपाल
काठमाडौं, ८ जेठ

रिवन इन्टरटेनमेन्ट प्रालिले यस वर्ष पनि मिष्टर एण्ड मिस एसईई अफ द इयर २०१९ सौन्दर्य प्रतियोगिता आयोजना गर्दै छ । आगामी जेष्ठ ३२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने पाँचै संस्करणको यो प्रतियोगिताको अन्तिम स्पर्धामा विभिन्न विद्यालयबाट एसईइ दिएर बसेका विद्यार्थीहरु छन् । उनीहरु अहिले विविध प्रशिक्षणमा व्यस्त छन् ।

प्रतियोगिताका लागि छात्रतर्फ रोहन खत्री, सागर मर्हजन, रिजन श्रेष्ठ, अनन्त कंडेल, अंकिस श्रेष्ठ, सुवास सापकोटा र समिर खत्री छानिएका छन् ।

त्यसै गरी छात्रातर्पm प्रिज्मा सापकोटा, स्वर्णा साह, गिताञ्जली श्रेष्ठ, स्वस्तिका सुवेदी, सुहाना न्यौपाने, प्रिया केसी, स्नेहा घिमिरे, प्रिसा गिरी, रिन्छेन तामाङ, काजोल श्रेष्ठ, दिनिसा खत्री, अन्जु श्रेष्ठ, सलिना कट्टेल, लिजा श्रेष्ठ, सन्ध्या मर्हजन, अलिसा श्रेष्ठ, सजना डंगोल, सन्ध्या अधिकारी, सुरेशा श्रेष्ठ, रचना कार्की, प्रस्तुति तिमल्सीना, श्रीयुक्ता भट्टराई, सिम्रन भारती, प्रेरणा मेहता र ऋषिका तामाङ अन्तिम स्पर्धामा छन्।

एसईइ दिएर बसेका किशोर किशोरीको व्यक्तित्व र आत्मविश्वास बृद्वीका लागि हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको प्रतियोगिताका पेजेन्ट निर्देशक निशुकान्त झाले बताए । अश्विनी झाको कोरियोग्राफी तथा सञ्चालनमा हुनेछ ।