मिस एसईई युनिवर्सल २०१९मा २० प्रतियोगी


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ जेठ

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको ‘मिस एसईई युनिवर्सल २०१९’का प्रतियोगी अहिले प्रशिक्षणमा छन् । प्रतियोगिताको अन्तिम स्पर्धामा शिर्ष उपाधि आफ्नो पक्षमा पार्न उनीहरु केही दिन देखि प्रशिक्षण्मा जुटेका हुन् ।

प्रतियोगितामा सलिना बुढाथोकी, श्रीया श्रेस्ठ, सजिना नेपाल, नम्रता थापा ,ममता ओली, झरना थापा मगर, करिना मानन्धर, संन्चिना लामा, विविशा लमिछाने, अनुजा पूरी, प्रिति खड़का, विना घले, नामग्याल तमाङ, ईशा के.सी, रिया गहतराज, स्नेहा लामा तमाङ, दिक्षा राई, दिक्षा ढकाल, प्रनिका श्रेष्ठ, अदीति सुनुवार लगायतका २० प्रतियोगी छन् ।

उनीहरुको कोरियोग्राफी आश्विनी झाले गरिरहेका छन् । उनीहरुको यतीबेला विविध प्रशिक्षण चल्दैछ । प्रतियोगितामा एसईई दिएर बसेका छात्राहरुको प्रतिभा निखार्दै उनीहरुलाई उज्योल भविश्य निर्माणका लागि बाटो देखाउने उदेश्य रहेको ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका सिइयो प्रिती कार्कीले जानकारी दिइन् ।